भोकमरीले १२ लाख मर्ने खतरा !

एजेन्सी
संयुक्त राष्ट्रसंघ । संसारभरीमा भोकका कारण मृत्युको मुखमा पुग्ने संख्या गत वर्ष १२ लाख ४० हजार रह्यो । यदि उनीहरूले तत्काल खाद्य सुरक्षा पाएनन् भने मृत्यु हुने खतरा बढेको छ । संयुक्त राष्ट्र संघका खाद्य एजेन्सीका प्रमुख डेविड बिसलीले यस्तो जानकारी दिँदै भने ‘मान्छे यस्तो हालतमा पुगेका छन् कि एकअर्कालाई मार्न तयार छन् ।’

बिसलीले भिडियो लिंकमार्फत शुक्रबार सुरक्षा परिषद्मा भने कि भोक र रोगसँग जुधिरहेका करिब ३ करोड २० लाख मानिस सोमालिया, यमन, दक्षिण सुडान र उत्तरपूर्व नाइजेरियाका वासिन्दा छन् । यी देशलाई गत वर्ष अनिकालबाट जोगाइयो ।

विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकले भने कि भोक र संघर्षका बीचको सम्बन्ध विध्वंशकारी छ । संघर्षले खाद्य असुरक्षा उत्पन्न गराउँछ, खाद्य असुरक्षाले अस्थिरता र तनाव बढाउँछ, जसबाट हिंसा फैलिन्छ ।

बिसलीले भने ‘ लामो समयदेखि भोकै रहेका ८१ करोड ५० लाख मानिसमा ६० प्रतिशत मानिस संघर्षरत क्षेत्रमा बसोवास गर्छन् र उनीहरूलाई यो थाहा छैन कि यसपछि खाना कहाँबाट पाइन्छ ।’

प्रतिक्रिया