आफ्नै हजुरआमासँग यौन सम्पर्कपछि . . .

एजेन्सी
उज्जैन । भारत मध्यप्रदेशको उज्जैन जिल्लानजिक एक गाउँमा आइतबार राती नातिले आफ्नै ७४ वर्षीया हजुरआमासँग यौनसम्पर्क गरेका छन् । रक्सीले मातेर हजुरआमासँग जबर्जस्ती सम्पर्क राखेका उनले नशा सकिएपछि विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटना दर्ता गरेको छ ।

इगोरिया प्रहरीका अनुसार वृद्धा आफ्नो खेतमा बनाएको एउटा कोठामा सुतिरहेकी थिइन् । ३० वर्षीय नाति राती रक्सीले मातेर पुगेका थिए । त्यहाँ उनले हजुरआमालाई कुटपिट गरी यौनसम्पर्क राखे र भागे । यो सबै हजुरआमाले छोरालाई सुनाइन् । त्यसपछि परिवारका सबै सदस्य प्रहरी कार्यालय गए र उजुरी दर्ता गराए ।

सोमबार बिहान आरोपित नाति चंवल नदीको किनारमा लडेको अवस्थामा फेला परे । गाउँका मानिस पुगेपछि थाहा भयो, उनले विष खाएका रहेछन् । उनलाई गाउँलेले जिल्ला अस्पताल पु¥याए । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भयो ।

प्रतिक्रिया