किन भागिन् दुबईकी राजकुमारी ?


एजेन्सी
वासिंगटन । के दुबईमा राजकुमारीहरूको जिन्दगी पशुभन्दा नराम्रो छ ? के उनीहरूलाई महलमा कैद गरेर राखिन्छ ? सञ्चारमाध्यका अनुसार युएईका शासक सेख मोहम्मद बिन रासिद अल–मकतुमकी छोरी युएइबाट भागेकी छन् । उनले डेली मेलसँग कुरा गर्दै आफ्ना लागि अमेरिकामा शरण मागेकी छन् । तर, अन्य सञ्चारमाध्यमले अहिले यसको पुष्टि गरेका छैनन् ।

डेली मेलको समाचारअनुसार संयुक्त अरब इमिरेट्सका शासक सेख मोहम्मदकी छोरी भएको दाबी गर्ने लतिफाले कैयौँ आरोप लगाएकी छन् । ३३ वर्षीया लतिफाले आफू सामान्य नागरिकसरह बाँच्न भागेको बताएकी छन् । लतिफाका अनुसार युएइमा महिलालाई धेरै अत्याचार गरिन्छ । उनलाई तीन वर्ष गोप्य ढंगले जेलमा राखिएको थियो । त्यसपछि, मानसिक उपचारको बहानामा अस्पतालमा नजरबन्द गरियो । लतिफाका अनुसार दुबईमा उनको कुनै मूल्य छैन । उनको पिताका ६ वटी पत्नी र ३० जना छोराछोरी छन् ।

लतिफाका अनुसार उनी फ्रान्सका एक जासुसको सहयोगमा भागेकी हुन् । उनी भारतको अज्ञात समुद्री तटमा लुकेर बसेकी छन् । अब उनी अमेरिकामा शरण चाहन्छिन् । १६ वर्षकै उमेरमा भाग्ने कोसिस गर्दा पक्राउ परेको लतिफाले बताएकी छन् । सो घटनापछि उनलाई २४सैँ घण्टा निगरानी राखिन्थ्यो र तीन वर्ष त जेलमा नै राखियो ।

लतिफाले सन् २००० पछि देशबाहिर नगएको बताउँदै उनलाई कार चलाउन पनि नदिएको बताएकी छन् ।

प्रतिक्रिया