प्रदेश–३ को उपयुक्त नाम नै ‘नेपालमण्डल’

— डा. अजय क्रान्ति शाक्य
ऐतिहासिकता
स्वयम्भू पूराणको आधारमा राजा धर्माकरले नियमपूर्वक पालेको (राज्यचलाएको) हुनाले त्यो देशको नाम ‘नेपालमण्डल’ रहन गएको हो भन्ने धारणा छ । ‘नेपालमण्डल’ शब्दको ऐतिहासिकता अध्ययन गर्दा इस्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इस्वीको तेस्रो शताब्दीतिरको मानिने आर्यमहामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं. ५०२÷५०३ मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख भएको छ ।

यसर्थ ‘नेपालमण्डल’ लिच्छवी राजा मानदेव अघिदेखि नै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिन्छ ।  यस्तै ‘नेपालमण्डल’ शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको इस्वीको आठौँ शताब्दीको अभिलेखमा उल्लेख भएको पाइन्छ । पछि ‘नेपालमण्डल’ नाम नेपालका प्राचीन अभिलेखहरूमा आठौँ शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ । लिच्छवि कालको अभिलेखमा उल्लेख भएअनुसार ‘नेपालमण्डल’ को फैलावट पूर्वमा कुशेश्वर (सुनकोसी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ (हालप्राप्त) र दक्षिणमा टिस्टुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान प्रदेश–३ ऐतिहासिक हिसाबले ‘नेपालमण्डल’ हो ।

पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरू राज्यहरू यसमा गाभिँदा ‘नेपालमण्डल’ लाई एक अलग्गै प्रदेश मानेका छन् । उनले र उनका सन्तानले देशको नाम ‘गोरखा’ मानेका छन् र राणाकालसम्म सो नामले औपचारिकता पाइरह्यो । पृथ्वीनारायण शाहको पालामा उनको विस्तारित नेपाल अधिराज्यमा तीन वटा प्रदेश थिए, (१) चौबिसे राज्यका कतिपय भाग, (२) ‘नेपालमण्डल’, (३) पूर्व र दक्षिणको सेनराज्य (किरात) ।

भूगोल
‘नेपालमण्डल’को उचाइ भूगोलअनुसार हिमाली क्षेत्र (लाङ्टाङ, जुगल, गणेश हिमाल, गौरीशंकर आदि), पहाडी क्षेत्र (महाभारत पर्वतशृंखला), र भित्रीमधेस (चुरेपर्वत शृंखला) सम्मिलित भई विविध वातावरणीय सम्पदायुक्त छ । १६औँ शताब्दीतिर लेखिएको ‘नेपालमहात्म्य’ को अध्याय १५ श्लोक ३–५ मा उल्लेख भएअनुसार ‘नेपालमण्डल’ को सिमाना पूर्वमा कौशकी (तामाकोसी, रामेछाप), पश्चिममा त्रिशूलगंगा (त्रिशूली, धादिङ र नुवाकोट), उत्तरमा शिवलुति (गोसाइँकुण्ड क्षेत्र, रसुवा) र दक्षिणमा शीतलोदका नदी (चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ ।

मल्लकालसम्म आउँदा ‘नेपालमण्डल’ भन्नाले पाँच वटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँच वटा राज्यहरू क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र दोलखा हुन् । यी पाँच वटा राज्यभित्र अहिलेको प्रदेश–३ को १३ वटा जिल्लामध्ये १२ वटा जिल्ला पर्दछ । ती १२ वटा जिल्लाहरू काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर हुन् र बाँकी चितवन जिल्ला पनि यक्षमल्लको पालादेखि ‘नेपालमण्डल’ भित्रै पर्दथ्यो । यसरी भूगोलको आधारमा हेर्दा ‘नेपालमण्डल’ भनेको काठमाडौं उपत्यका मात्र होइन प्रदेश–३ को सम्पूर्ण भूगोल नै पर्दछ ।

त्यसैले पनि भूगोलको आधारमा ‘नेपालमण्डल’ नाममा सबैको अपनत्व आभास हुने रहेछ । वास्तवमा ‘नेपालमण्डल’ भनेको नै प्रदेश–३ रहेछ । त्यसैले म काठमाडौं उपत्यकामा बसोवास गर्ने नेवार समुदायलाई के अनुरोध गर्न चाहन्छु भने कृपया ‘नेपालमण्डल’ नाम उपत्यकावासीको मात्र हो भनेर भ्रम छर्ने प्रयास नर्गनुस् यो प्रदेश–३ मा रहेको सम्पूर्ण जनताको हो, सवै १३ वटै जिल्लावासीको आफ्नै हो । सबैले अपनत्व पाउन सक्ने नाम नै ‘नेपालमण्डल’ हो ।

जनसंख्या
‘नेपालमण्डल’ वर्तमान प्रदेश–३ मा बसोवास गर्ने परम्परागत जातिविशेषको आदिथलो हो । यहाँचारैतिरबाट आई बसेर एक अर्को जातिद्रवित भएका एक बेग्लै नेवार समुदाय बन्यो । लिच्छविकालमा तिब्बतको चाङ (त्कबलन) प्रदेशबाट आई ‘नेपालमण्डल’ को वरिपरि रहेकाहरू संज (क्बलव), र संजबाट अप्रभंश भई पछि नेवारी भाषामा ‘सँय’ भन्ने गरियो रचाङ प्रदेशबाट आएकाहरू आफैँले भने ताङ र पछि (त्बलन) तामाङ भन्ने गरियो । तामाङहरू झन्डै एक हजार पाँच सय वर्षअघिदेखि ‘नेपालमण्डल’ मा बसोवास गर्दै आइरहेका आदिवासी हुन् ।

‘नेपालमण्डल’ का नेवार र तामाङबाहेक मल्लकालमा ‘नेपालमण्डल’ आइबसेका खस–आर्य, ब्राम्हणहरू पनि यहाँका आदिवासी हुन् । यस्तै दोलखाको थामी, जिरेल, चुरे पहाड वरपर रहेका चेपाङ र काँठमा रहेका दनुवार पनि यहाँका आदिवासी हुन् । यस्तै शाह, राणालगायत पाँच सय वर्षअघिदेखि यहाँ बसोवास गर्दै आइरहेका मुसलमान समुदाय पनि यहाँका आदिवासी हुन् । वर्तमान समयसम्म आउँदा यहाँ सयौँ वर्षअघिदेखि बसोवास गर्दै आइरहेका विभिन्न जातजातिका मानिसहरू सबै यहाँका सम्मानित जनताहरू हुन् ।

पहिचान
‘नेपालमण्डल’ नामले बहुपहिचान स्थल भन्ने पनि बुझाउँछ । यहाँ रहेका मानिसहरूको सभ्यता भनेको नै ‘नेपालमण्डल’ को सभ्यताको रूपमा रहेको छ । नेपालको धेरैजसो धार्मिक–सांस्कृतिक पूजाआजा गर्दा ‘नेपालमण्डल’ को उच्चारण गर्ने गरिन्छ । ‘नेपालमण्डल’ मा कुनै पनि व्यक्तिको चिनालेख्दा …आर्यावत्र्त हिमवतखण्ड ‘नेपालमण्डल’ देशीय… भनेर लेख्ने गरेको पाइन्छ । ‘नेपालमण्डल’ शब्द सामाजिक सांस्कृतिक क्रियाकलापमा उल्लेख गरेको पाइएकोले ‘नेपालमण्डल’ शब्दले यहाँको जनताको सामाजिक सांस्कृतिक पहिचान बोकेको स्पष्ट हुन्छ ।

बज्राचार्यहरूले ‘नेपालमण्डल’ भित्र तीन चक्र (चित्तचक्र, वाकचक्र र कायचक्र) भित्रको २४ पीठ रहेको विश्वास गरी वज्राचार्यत्व प्राप्तिका लागि एक वर्षसम्म पीठसेवा जाने परम्परा अद्यापि कायमै छ ।  ती तीन वटा चक्रहरू जुन संगठित रूपमा हेर्ने हो भने एउटा बृहत ‘मण्डल’ को स्वरूप तयार भएको देख्न सकिन्छ । इन्द्रचोकको आकाश भैरव अगाडि रहेको कान्तेश्वरलाई मध्य भागमानी ‘नेपालमण्डल’ लाई तीन वटा चक्रसहितको मण्डल आकारमा ‘नेपालमण्डल’ को भूगोल बनाएको पाइन्छ । र, ती २४ पीठहरू मध्ये अन्तिम आठ वटा पीठहरूले ‘नेपालमण्डल’ को चार सिमानालाई किटान गरेको देखिन्छ ।

यस्तै ‘नेपालमण्डल’ लाई धार्मिक हिसाबले शैवहरूले हिमवत्खण्डमा चतुष्ठी शिवलिंग स्नान यात्रागर्दा ‘नेपालमण्डल’ को आठ वटा जिल्ला परिक्रमा गर्दछन् । यस्तै शाक्तहरूले २७ ‘नेपालमण्डली पीठ’ को चार आवरण (मण्डल) मा आवद्ध गरिएको छ । यसरी धार्मिक सांस्कृतिक रूपमा पनि ‘नेपालमण्डल’ ले यहाँभित्र रहेको हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पहिचान गाँसिएको छ ।

वागमति र नारायणी प्रदेशको सन्दर्भमा,
वाग्मती नदीको उद्गम स्थल वाग्द्वार शिवपुरी डाँडा हो भने यो नदी कुरुवा (नेपाल भाषामा) दक्षिणकालीको पछाडिसम्म मात्र वाग्मती नदीका रूपमा रहेको छ । काठमाडौंमा वाग्मती मात्र होइन विष्णुमती नदी पनि छन् यस अलावा अन्य नाम गरेको विभिन्न प्रख्यात नदीहरू छन् । त्यसैले पनि वाग्मती नदीको नाममा प्रदेशको नाम राख्दा यसले सबैको अपनत्व महसुस गर्न सक्दैन । यो नामले अधिकांश जनताको भूगोल, इतिहास, पहिचान समेट्न सक्दैन । पञ्चायतकालीन १४ अञ्चलमध्ये एउटा अञ्चल वाग्मति हो वागमति अञ्चलमा जम्मा आठ वटा जिल्ला मात्र पर्दछन् ।

यसबाहेक यहाँ रहेको अन्य जिल्लाहरू नारायणी अञ्चलमा पनि पर्दछन् । तसर्थ नारायणी प्रदेश किन नराख्ने ? भनेर पनि प्रश्न उठ्न सक्छ । त्यसैले सबै प्रदेशहरू नै अञ्चलको नाममा राख्ने कुरालाई विज्ञहरूले तथा त्यहाँका जनताले रुचाउँछन् जस्तो लाग्दैन । नारायणी प्रदेशले मकवानपुर, चितवन जिल्लाहरू मात्र समेट्दछ अरू जिल्लाहरू अरू नै प्रदेशमा पर्दछन् त्यसैले पनि यो नाम सबैको स्वीकार्य नाम हुन सक्दैन ।‘नेपालमण्डल’ भनेको एउटा सभ्यता हो । यसले व्यापक अर्थमा अधिकांश विषयको प्रतिनिधित्व गर्दछ । त्यसैले पनि वर्तमान प्रदेश–३ को नाम व्यापक अर्थबोध गर्ने ‘नेपालमण्डल प्रदेश’ नाम छँदाछँदै वाग्मति प्रदेश तथा अन्य अञ्चलको नाम राख्नु खासै उपयुक्त हुँदैन ।

अन्य नामावलीको सन्दर्भमा
प्रदेश–३ को नामहरू नेवा–ताम्सालिङ प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, काष्ठमण्डप प्रदेश, नारायणी प्रदेश आदि जे राखे पनि ती नामहरूले ‘नेपालमण्डल’ प्रदेश’ नामले जति ऐतिहासिकता, भूगोल पहिचान, जनसंख्याको प्रतिनिधित्व गर्न सक्दैन । ‘नेपालमण्डल प्रदेश’ सबैलाई चित्त बुझाउन सक्ने नाम बन्न सक्छ किनकी यो नाम मध्यमार्गी नाम हो । ‘नेपालमण्डल’ प्रदेश नाम हुँदायसले १३ जिल्लाको जनताले अपनत्व बोध गर्नसक्ने हुन्छ । उनीहरूको धार्मिक–सांस्कृतिक–सामाजिक पहिचानको सम्बोधन गर्दछ । सम्पूर्ण प्रदेशका जनताको भूगोलको प्रतिनिधित्व गर्दछ ।

पौराणिक कालदेखि वर्तमान समयसम्मको ऐतिहासिक गरिमाको उजागर गर्दछ । तसर्थ पनि प्रदेश–३ को नाम ‘नेपालमण्डल प्रदेश’ सबैभन्दा उपयुतक्त र उत्कृष्ट नाम हो ।देसको नाम र सहरको नाम एउटै हुँदा पनि केही फरक पर्दैन । देसको नाम र सहरको नाम उस्तै खालको रहेको नेपाल मात्र होइन विश्वका अन्य मूलुकमा पनि पाइन्छ । नेपालका सन्दर्भमा नेपालगञ्ज, नेपालटार, नेपालथोक रहेको छ भने विश्वका अन्य मुलुकहरूको सन्दर्भमा निम्न बमोजिम रहेको पाइन्छ ।

Countries have the same name as their capitals

Mexico, Vatican City , Panama, Luxembourg, Andorra , Djibouti, Guatemala, Kuwait, Monaco,

San Marino, Singapore,

 

Very similar or related, but not exactly the same:

Algiers/Algeria, Brasilia/Brazil, Santo Domingo/Dominican Republic

San Salvador/El Salvador, Bissau/Guinea-Bissau, São Tomé/São Tomé and Principe

Taipei/’Chinese Taipei’, Tunis/Tunisia

प्रतिक्रिया