अग्रिम निर्वाचन गर्नुपर्ने कारण छैनः प्रधानमन्त्री नेतान्याहु

जेरुसेलम, २० फागुन । इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले इजरायलमा अग्रिम निर्वाचन गर्नुको कुनै कारण नभएको बताएका छन् ।

इजरायलको गठबन्धन सरकारमा बढ्दो संकटको समाधानका लागि भन्दै निर्वाचन गर्न लागिएको भनिएका बेला प्रधानमन्त्री नेतान्याहुले आइतबार यस्तो बताएका हुन् ।

प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि उनले भने, “अग्रिम निर्वाचन गर्नुको कुनै कारण मैले देखेको छैन, सो निर्वाचनमा जानका लागि पनि हामीसँग कुनै कारण छैन ।

उनी अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ताका लागि अमेरिका जान लागेका छन् । सो भेटवार्तापछि सरकार संसद विघटन हुने सम्भावना रहेको बताइएको छ ।

उनले थपे, “मैले सरकारमा राम्रो नै गर्नेछु, र मेरो सरकारका साझेदारहरुका लागि पनि राम्रो गर्नेछु भन्ने मैले विश्वास लिएको छु ।”

इजरायलको वर्तमान गठबन्धन सरकार अल्पमतमा पर्न लागेको भन्दै समय अगावै निर्वाचनको घोषणा हुनेजस्ता समाचारहरु आइरहेका थिए । यहाँको संसदको समय बाँकी रहेको छ ।

प्रतिक्रिया