नाइजेरियामा भएको हिंसामा १५ को मृत्यु

अबुजा, २० फागुन । नाइजेरियाको उत्तरपूर्वी सहर माम्बीलामा भएको हिंसात्मक घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।स्थानीय बासिन्दा र प्रहरी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु कैयौँ घाइते पनि भएका छन् ।

किसान र गाई गोठालाकाबीच विवाद भएपछि गत बिहीबार माम्बीलामा हिंसात्मक घटना भएको स्थानीय प्रहरीले बताएको छ । आक्रमणका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता डेभिड मिसालले शनिबार जानकारी दिए ।

उनीहरुको आन्तरिक झगडाले उग्र रुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाई छ । यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन् ।

शान्ति सुरक्षा कायम गर्न तथा सो झडपको क्रम पुनः नदोहोरियोस् भनेर घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मिसालले बताए ।

प्रतिक्रिया