आगामी वर्ष चन्द्रमामा फोर–जी नेटवर्क पुग्ने

एजेन्सी
लन्डन । पृथ्वीमा भलै सबैको पहुँचमा फोर–जी नेटवर्क नहोला तर, सन् २०१९ सम्ममा चन्द्रमामा पनि यो सेवा पुग्ने भएको छ । टेलिकम कम्पनी बोडाफोनले आगामी वर्षसम्म मोबाइल कम्पनी नोकियाको सहयोगले चन्द्रमामा फोरजी नेटवर्क उपलब्ध गराउने योजना बनाइरहेको छ ।

यो ऐतिहासिक घटना मान्छेले चन्द्रमामा पाइला टेकेको ५०औँ वार्षिकोत्सवका अवसरमा हुन गइरहेको छ । नासाका अन्तरिक्ष यात्री निल आर्मस्ट्राङले ५० वर्षअघि चन्द्रमामा पहिलो पाइला टेकेका थिए । यो योजनामा वोडाफोन र नोकिया बर्लिनको स्पेस एक्सप्लोरेसन कम्पनीसँग मिलेर काम गरिरहेका छन् ।

यो कदमबाट वैज्ञानिक डाटा संकलन गर्न र त्यसलाई पृथ्वीमा पठाउन सहज हुनेछ । बर्लिनका पिटी साइन्सटिस्टका संस्थापक र सिइओ रोबर्ट बोमले यो जानकारी दिएका हुन् । उनले भने, ‘यो पहिलो चन्द्रमामा अवतरण मिसन हो, जसले अन्तरिक्ष अनुसन्धानको भविष्य तय गर्नेछ ।’

रोबर्ट बोमले यो मुन मिसन क्याम्प केनवेरलबाट स्पेसएक्स फाल्क–९ रकेटमा लन्च हुनेछ । यो नेटवर्कमार्फत चन्द्रमाबाट पृथ्वीको सतहमा हाई–डेफिनिसन स्ट्रिमिङ संभव हुनेछ । यसका लागि एक किलो वा सोभन्दा कम तौलको हार्डवेयर तयार गरिनेछ । बोडाफोनले चन्द्रमामा अहिले फाइभ–जीको सट्टा फोर–जी नै उपयुक्त हुनेछ । किनभने फाइभ–जी अहिले परिक्षणकै क्रममा छ ।

रोबर्ट बोमका अनुसार यो मिसनमा करिब पाँच करोड डलर खर्च हुनेछ । बोडाफोन चन्द्रमाबाट १८ सय मेगाहर्जको फ्रिक्वेन्सी ब्यान्डमा फोरजी परीक्षण गरिरहेको छ, ताकी चन्द्रमाबाट प्रत्यक्ष भिडियो पृथ्वीमा पठाउन सकियोस् । पिटी साइन्सटिस्टको यो प्रोजेक्ट ११ दिनको हुनेछ किनभने पृथ्वी र चन्द्रमाको तापक्रममा धेरै फरक छ ।

प्रतिक्रिया