त्रिपोली, १४ फागुन । संयुक्त राष्ट्रसंघीय समन्वयका लिबियाली प्रधानमन्त्री फायेज सेर्राजले लिबियाली सरकारलाई सहयोगका लागि आग्रह गरेको समाचार छ ।
अन्तर्राष्ट्रिय संघ संगठनहरुबीचको सहयोग र समन्वयमा जोड दिँदै उनले सबै अन्तर्राष्ट्रिय समुदायसँग लिबियाका लागि सहयोगको आग्रह गरेको समाचारमा जनाइएको छ ।
उनले लिबियाली सरकार र अन्तर्राष्ट्रिय संगठनहरुबीचको सहयोग र सम्पर्कले यहाँको विकास र स्थायित्वमा सहयोग पुग्ने धारणा राखेका हुन् ।
उनले सोमबार सो आह्वान गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको समर्थनमा प्रधानमन्त्री बनेका उनले सामाजिक मर्यादाका लागि पनि यो सहयोग र समन्वय कायम रहने बताएका हुन् ।
लिबियाका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनका उपविशेष प्रतिनिधि र उप प्रमुखसँग राजधानी त्रिपोलीमा भएको छलफलमा सेर्राजले सो आह्वान गरेका हुन् ।
लिबियाको राजनीतिक र आर्थिक अवस्थाको विकासमा संयुक्त राष्ट्रसंघको भूमिकाको विषयमा यो छलफल जारी रहेको बताइएको छ ।
यसबाट लिबियाको सेवाग्राही कार्यक्षेत्रमा जारी द्वन्द्व र कठिनाइहरुलाई कम गर्ने प्रधानमन्त्रीको सञ्चार कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लिबियामा सन् २०११ मा तत्कालीन राष्ट्रपति मुअमर गद्दाफी अपदस्थ भएयता विभिन्न समूहमा विभाजित राजनीतिका कारण अस्थिरता उत्पन्न भएको छ ।
प्रतिक्रिया