सोल । उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न ‘निकै इच्छुक’ रहेको दक्षिण कोरियाले आइतबार जनाएको छ ।दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय (ब्लु हाउस) का अनुसार उत्तर कोरियाबाट शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन आएको प्योङयाङको प्रतिनिधिमण्डलले आफ्नो मुलुकले अमेरिकासँग वार्ता गर्न चाहेको बताएको हो । ‘दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटका क्रममा उत्तर कोरियाको प्रतिनिधिमण्डलले दुई कोरियाली मुलुकबीच वार्ताका लागि सहमति जनाएको छ,’ ब्लु हाउसले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
प्योङयाङका प्रतिनिधिले उक्त अवसरमा गरेको कुराकानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध सुधार हुनुपर्नेमा समेत सहमत भएको छ ।’उत्तर कोरियाले कुनै पूर्वसर्तविना वार्ता गर्ने विषयमा पटकपटक इच्छा व्यक्त गरेको बताइए पनि यसलाई वासिंगटनले अस्वीकार गर्दै आएको छ । अमेरिकाले वार्तामा बस्नुपूर्व उत्तर कोरियालाई आणविकविहीन बनाउने विषयमा ठोस कदम चालिनुपर्ने बताउँदै आएको छ ।
प्रतिक्रिया