मुक्तिनाथको शाखा न्यूरोडमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडांै महानगरपालिका २२ न्युरोड, देव प्लाजामा थप शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाललगायतको उपस्थितिमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलकबहादुर रावलले उक्त शाखाको उद्घाटन गरे ।
बैंकको उक्त शाखा सञ्चालनसँगै काठमाडौं उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यकाबाहिर ६५ वटा शाखासहित कुल ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आएको छ । ०७४ माघ मसान्तसम्म बैंकको कुल निक्षेप २१ अर्ब ९२ करोड पुगेको र कुलकर्जा लगानी २० अर्ब १ करोड पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।

प्रतिक्रिया