योण्डरको ब्राण्ड प्रवर्धकमा नग्मा

काठमाडौं, १० फागुन । मिस युनिभर्समा पेजेन्टमा प्रतिष्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ म्युजिक स्ट्रिमिंग एप्लिेकशन योण्डर म्युजिकको ब्राण्ड प्रवर्धक भएकी छिन् ।

नग्मा र योण्डर म्युजिकको उक्त सहकार्यपश्चात योण्डरले उनको व्यक्तित्व र प्रेरणादायी जीवनलाई विश्वव्यापी संगीत प्रतिको मायासँग मेल खाने गरी एनसेल नेटवर्कमा स्मार्टफोनबाट सुन्न सकिने गीत संगीत प्रवद्र्धन गर्न राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रममा समावेश गराउने जनाएको छ ।

अमेरिकामा अवस्थित योण्डर म्युजिक इंकको भातृ कम्पनी योण्डर म्युजिक बंगलादेशको अग्रणी डिजिटल म्युजिक सेवा प्रदायक हो ।

यसको बोल्ड, उत्कृष्ट फिचर र मोडुलर युजर एक्सपिरियन्सले प्रयोगकर्तालाई दिन्छ व्यक्तिगत रुपमा स्थानीय, क्षेत्रिय वा अन्तर्राष्ट्रिय संगीतहरुको २ करोडभन्दा पनि बढीको भण्डारबाट स्ट्रिम गर्ने, शेयर गर्ने र गाउने सुविधा दिन्छ ।

योण्डर म्युजिक सन् २०१६ मा मलेशियामा सुरु भएको थियो भने यसको ४० लाख भन्दा बढी प्रयोगकर्ता, र मलेसिया, इण्डोनेशिया, श्रीलंका, नेपाल, मालदिभ्स् र बंगलादेशमा गरी १० लाख मासिक एक्टिभ प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया