सम्पदा उपयोगले ल्याउँछ समृिद्ध

वासुदेव त्रिपाठी  १३ चैत १९९९ मा तनहुँको भानु नगरपालिका–१ मा मेरो जन्म भयो । गुरुकुलमा १३ वर्षको उमेरसम्म पढेँ, तर के पढेँ थाहा छैन । रोमन गोर्खामा क, का पढेँ । ०११ सालमा ७ कक्षा भर्ना भएँ । ०१४ सालमा ५५ प्रतिशत अंकसहित प्रवेशिका परीक्षा उत्र्तीण भएँ । ०१६ सालमा त्रिचन्द्रमा आएर पढेँ । ०१९ सालमा सरस्वती क्यामपसबाट आइए ५९ प्रतिशत अंकका साथ उत्र्तीण भएँ । ०३० सालमा संस्कृतमा स्नातकोत्तर सकेँ । अंगे्रजी भर्ना भएँ तर अध्ययन गर्ने अवसर पाइनँ । योगी नरहरिनाथले जुम्लामा अंग्रेजी पढाउन जान इच्छुक कोही छौ भने जाऊ भनी पत्रिकामा विज्ञापन प्रकाशन गरे ।

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयमा मैले चार महिना पढाएर त्यहाँको जनताको उद्धार गरेँ ।  पहिलेका गुरुहरूले विद्यालय पढाउन जम्मा ८ कक्षा मात्र उत्तीर्ण गरेका हुन्थे । साहित्यतर्फ मेरो चाख भएकाले जुम्ला बस्दा त्यहाँको जनतालाई साहित्य सम्मेलन गर्न सिकाएँ । मैले साहित्य सम्मेलनको साथै हिमाच्छादित कर्णाली नामक साप्ताहिक पत्रिकाको प्रकाशन गरे । दसैँको अवसरमा जुम्लामा रहँदा मैले जुम्लावासीलई मनोरञ्जन प्रदान गर्ने हिसाबले दसैँकी देवी नामक नाटक देखाए ।  अध्यापनको लागि जुम्ला जानुपर्दा पहिले नानपारबाट रेल बदली भारतको सिंगो वनबाट बर्दिया आएर सात दिन हिँडेर जुम्ला पुग्नुपथ्र्यो ।

जुम्ला जानेबित्तिकै औलोले समात्यो, पढ्न दिएन र ज्वरो आउने, बिरामी हुने, गर्न थाल्यो । जुम्लाबाट काठमाडौं फर्किएपछि ०२४ सालमा त्रिचन्द्र क्याम्पसमा संस्कृत पढाएँ । मैले ०२४ सालमा त्रिचन्द्र क्याम्पस पढाउँदा त्यहाँ संस्कृत, नेपाली, नेवारी, अंग्रेजी र हिन्दी गरी पाँचवटा मात्र विभाग थिए । मैले ०२४ सालमा नेपाली विषयमा ७२ प्रतिशत अंकका साथ एमए उत्तीर्ण गरेँ । ०२४ साल फागुनमा त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक भएर नेपाली विभागमा ४० वर्षे जीवन बिताएँ । ०२४ सालदेखि उच्च शिक्षाको विकासको लागि लागिपर्दै हिँडेँ ।

०३० देखि ०४६ सालसम्म त्रिभुवन विश्वविद्यालयको विभागीय प्रमुख भएँ । ०४३ देखि ०४६ सम्म तीन वर्ष मानविकी संकायको डिन भएँ । ०३४ देखि ०६३ सालसम्म नेपाली केन्द्रीय विभागको प्राध्यापक भएँ । ०६१ देखि ०६३ सम्म नेपाल प्रज्ञा–प्रतिष्ठानको उपकुलपति भएँ, तर मेरो काम भने प्रधानमन्त्रीपछिको पदमा थियो, कुलपतिभन्दा पनि केही फरक पर्दैन ।  ०३१ सालमा त्रिभुवन विश्वविद्यालयबाट कविशिरोमणि लेखनाथको बारेमा विद्यावारिधि गरेँ। नेपाली विषयमा पहिलो विद्यावारिधि गर्ने म नै हुँ । मलाई सबै पाठकले कवि, लेखक, समालोचक, प्रबन्धक, अनुवादकको रूपमा चिन्ने गर्छन् ।

साहित्यतर्फ उन्मुख भएकाले ०३४ सालमा माधव पुरस्कार पाएँ । ०६३ सालबाट अहिलेसम्म निवृत्त जीवन बिताइरहेको छु । हाल म १० लाख शब्दको नेपाली शब्दकोश बनाउने तयारीमा छु । २२ वर्ष भयो, शब्दकोश निर्माण गर्नमा नै जीवन बितिरहेको छ । फ्रेन्च–अंग्रेजी सफ्टवेरले गर्दा मलाई शब्दकोश तयार पार्न सजिलो भएको छ । यो नेपाली भाषाको सबैभन्दा ठूलो शब्दकोश हुनेछ । विश्वको आधारभूत ज्ञानको रूपमा यो पहिलो पाइला हुनेछ । शब्दकोश मात्र बनाउने होइन, इन्साइक्लोपेडियामा उन्मुख ज्ञानबद्ध पुस्तक निर्माण गर्ने मेरो जीवनको एक ठूलो उद्देश्य छ । लामो समय त्रिभुवन विश्वविद्यालयमा बिताएकाले नेपाली भाषा र साहित्यको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय बनाउने तयारीमा म लागिपरेको छु ।

मैले मेरो सेवा अवधिभर १५ देखि १६ जनालाई पिएचडी गराएँ । मैले मेरो जीवनमा ४० पुस्ताको उत्थान गरे ।  नेपलको राष्ट्रिय अस्तित्व र समृृद्धिका बोरमा मैले लेखनाथ र बालकृष्ण समसँग पनि धेरै कुरा गरेँ । उहाँहरूले भन्नुुभयो, संघर्ष गर्दै जानुपर्छ, नेपाल उन्नतितर्फ आफैँ जानेछ । नेपाल अटल छ, नेपाल रहन्छ । संसारको १३०आैँ देशमा नेपाली पुगिसके । नेपालीले विभिन्न मुलुकमा पसिना चुहाएर आर्थिक उत्थानमा प्रवद्र्धन गरिरहेका छन् । नेपालका तीन किसिमका समृृद्धिका आधार छन् । जसमा एउटा प्राकृतिक स्रोत र त्यसको विविधता हो । हिमालदेखि उपत्यकासम्म सबै जोड्दा जम्माजम्मी चार हजार नदीनाला छन् ।

हिमालको पुरानो तथा आधुनिक वर्गीकरणमा केन्द्रीय, पश्चिम र पूर्वी तीन हिमालय छन् । यी हिमालले हिन्दूकुराण पहाड अफगानिस्तानदेखि बर्मासम्म छुन पुगेका छन् । संसारका आठ हजार मिटरका हिमाल पनि नेपालमा छन् । संसारमा भएका आठ हजार मिटरभन्दा माथिका २० वटा हिमालमध्ये १४ वटा नेपालमा छन् । ६ वटा हिमाल मात्र अन्त भएको आधारमा पनि नेपालले उन्नति गर्ने आधार धेरै पाएको छ । नेपाल पर्यटकीय महत्वको दृष्टिले अबल्लमा गनिन्छ । नेपालमा पर्वतारोहणका सम्भावना धेरै छन् । नेपालमा हिमझरना बग्ने हिमाल हुँदा ती झरेका हिउँलाई बचाउने माध्यमको जोहो गर्नुपर्छ ।

कर्णाली, कोसी र गण्डकीका तीन वटा नदी प्रणालीले नेपाललाई उत्थानतर्फ लाने धेरै सम्भावना छ । त्यसको मर्मत सम्भारमा सरकारको ध्यानाकर्षण गर्नुपर्छ । नेपलको लेक, बेसी, डाँडा, उपत्यका, अति सुन्दर छन् । त्यसको मज्जा लिन पर्यटक आउने गर्छन्, त्यसमा केही अन्य सुविधा थप गर्ने हो भने देशले उन्नतिको मोड लिन सक्छ । नेपालमा भएका वनस्पति र जडिबुटीको सम्भारमा लाग्दा त्यसले पनि देश प्रवद्र्धनमा सहयोग गर्छ । महाभारतको पर्वतश्रेणीले नेपालदेखि वर्मासम्म छोएको छ । महाभारत पर्वततर्फ केही ध्यान दिने हो भने यसले देशलाई गतितर्फ उन्मुख गराउँछ ।

तेस्रो, प्रकृतिले दिएको वरदान भनेको पहाड हो । जसलाई हामी तराई वा भित्री मधेस भन्ने गर्छाैँ । हाम्रो नेपालमा सिन्धुको मैदान र गंगापुत्रको मैदान छ । नेपालमा विश्वको सबभन्दा ठूलो गल्छी कालीगण्डकी यहीँ छ भने सबभन्दा होचो उपत्यका केचनाकलन पनि यसमै छ । नेपाल चराको दृष्टिले पनि एक महत्वको स्थान हो । बर्खामा शीतल खोज्न चराहरू अफगानिस्तानदेखि नेपाल आउने गर्छन् । नेपालले यी चराहरू जोगाउन लाग्नुपर्छ । नेपालको हावामा गरम पैदा गर्ने वस्तु, जस्तै, अत्यधिक मात्रामा उपत्यकामा देखिएको सवारीको चहलपहल र इन्धनको कमी गराउनुपर्छ । नेपालको प्राकृतिक स्रोतका रूपमा खानीलाई लिन सकिन्छ ।

खानीको बचावमा लाग्नुपर्छ । देश सुहाउँदो विकास गराउनुपर्छ । सुहाउँदो जनशक्तिलाई देश विकासमा लगाउनुपर्छ । नेपाली जनशक्तिको हिसाबले अत्यन्त मिहिनेती जाति हुन् । उनीहरूले गरेको कामको कदर हुनुपर्छ । मिहिनेती नेपाली भएकाले लिच्छविलाई स्वर्णिम युग मानिएको हो । नेपालमा बौद्धनाथ, पशुपति, स्वयम्भू आदि–इत्यादिका मन्दिर बनाउने नेपाली नै हुन् । नेपालमा बुद्धलागयत ऋषिमुुनि, भरतजस्ता बुद्धिजीवीको जन्म भएको छ । यस्तो देश विकास गर्ने आधार अन्य खोज्नु आवश्यक नै छैन । हेनरी सिजरले भारत र चीनको बीचमा नेपाल कसरी अडियो भनी अचम्म मानेका छन् ।

बाहिरी व्यक्तिसम्म अचम्मित भएको देशमा सबै कुराको सम्भावना छ । सिन्दुलमा अंग्रेजलाई नेपालीले हराए ।पन्जाबीसँग नेपालीले कागजको विषयमा लडेर उनीहरूलाई हराए । यस्तो शक्तिराष्ट्र नेपाल निर्माण गर्न अरू कसैको आवश्यकता छैन, नेपालका स्रोत–साधन नै पर्याप्त छन् ।  राजनीति गर्दै अघि बढेका मानिसले सत्ताको लोभ गर्नुहुन्न । राजनीतिक स्थायित्व हुनुप¥यो । देश विकास गर्छु भनी अघि बढेका लोभी, पापी, भ्रष्ट मानिसको हातमा नेतृत्व दिनुहुँदैन । खाडीको मुलुकमा श्रमशक्तिबाट कमाएको रकमबाट विकसित देश अमेरिका, अस्ट्रेलियालगायत जापानजस्ता मुलुकमा सन्तान पढाउन पठाउने काममा निष्कासन गर्नुप¥यो ।

खाडी मुलुकमा नेपाली गएर कमाएको रकम यस्तो क्षेत्रमा प्रयोग गर्नुपर्छ भन्ने नीति बन्नु जरुरी छ । प्राकृतिक स्रोतलाई कुनै पनि हालतमा बिगार्नु भएन । मानिसबीच भएको मौलिक चिन्तन रोक्नुप¥यो । नेपाललाई भारत र चीनसँग अड्ने शक्तिराष्ट्रको रूपमा विकास गराउनुपर्छ । ०४ सालमा पद्मशमशेरले जनतालाई ‘म तिम्रो नोकर हुँ’ भनी राज्य सञ्चालन गरे, तर ०७४ सालमा मेरो नोकर तिमी हौ भन्ने भावनाले देश अघि बढेको छ । लुटी खाने र देशलाई झमेलामा पार्ने परिपाटिको अन्त्य हुनुपर्छ । सबै नेपलीले नेपाल मेरो देश हो, मैले यसको सेवा गर्नुपर्छ भनी लागिपर्दा देशले गतिको बाटो पाउँछ ।

पैसाको मोहमा वनजंगल, माटो र काठ सबै दोहन हुँदैै गएको छ, तर देशमा न त पुँजीवाद भित्रियो, न त गतिलो सामन्तवाद नै । नेपाल सगरमाथाको देश, बुद्धको देश र वीर गोर्खालीको देश हो, तर आज कुनै पनि सपुत गोरखाली र बुद्ध भएर काम गर्न सकेका छैनन् । जलस्रोतमा दोस्रो धनी देश नेपाल हो । चार हजारभन्दा बढी नदीनाला नेपालमा छन्, तैपनि नेपालमा पर्याप्त मात्रामा विद्युत् उत्पादन हुन सकेको छैन । पर्याप्त मात्रामा विद्युत्को उत्पादन गर्न नेपालले पँुजीको सही प्रयोग गर्नुपर्छ । नेपालीले उत्कृष्ट र योजनाबद्ध ढंगमा देश बचाउन लाग्नुपर्छ । शरीरमा तागत र बल भएका व्यक्तिलाई सरकारले देश फर्काउने अभियानमा लगाउनुपर्छ ।

आज संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सदस्य राष्ट्र नेपाल बनाउने प्रेरणा बुद्ध र गोर्खालीले गराएका हुन् । विभिन्न अन्तर्राष्ट्रिय व्यक्तिको नेपालमा आवागमन गराउने वीर नेपाली हुन् । नेपाली अन्य मुलुकमा उत्तिकै सम्मानित भइसकेका छन् । बुद्धि र तागतवाला नेपाली आफ्नै देशमा फर्काउँदा देशले विकासको बाटो लिन्छ । नेपालले विगतका वर्षमा १० वर्ष जनयुद्धलगायत १० वर्ष संक्रमणकाल खपिसकेको छ । संक्रमणकाल र जनयुद्धका वेला नेपालीले अरबबाट कमाएर पठाएको पैसाबाट देश अघि बढेको थियो । ०५२ देखि ०६२ सम्म देशमा द्वन्द्व हँुदा नेपाली मौन अवस्थामा विनापरिश्रम बस्न बाध्य थिए ।

धारा र नदी किन सुके, त्यसको खोजी गर्नुप¥यो । नेपालीमा इमानदारी, सद्बुद्धि र नैतिकता छ, यसलाई अझ माथि पु¥याउन यसको शान खस्कन दिनुहुन्न । राष्ट्रको सम्पत्ति हिनामिना गर्ने जनशक्तिलाई कार्बाहीको व्यवस्था गर्नुप¥यो । नेपालले आफ्नो देशको पुँजी आफ्नै देशमा एकत्रित गर्नुपर्छ । जुनसुकै देशको नीति बन्न पनि त्यसको राजनीति राम्रो हुनुपर्छ । राजनीति देशको मूल नीति हुनाले त्यसलाई सुदृढ गराउनुपर्छ । बेइमान मानिसले देश डुबाउन गर्दै आएका विलासी, भोगी र अनियन्त्रित कार्यमा रोकावट हुनुपर्छ ।

नेपालको कलाकृति र संस्कृतिको विकास नेपालीले गरेका हुन्, यिनीहरूको निर्माणमा जोड दिनुपर्छ । चरित्र र कल्पनाको भरमा रहेका विज्ञको सल्लाहमा काम गर्नुपर्छ । नेपालका विद्यार्थी बेलायतको कानुनमा उत्कृष्ठ काम गर्ने श्रेणीमा छन् । यस्ता व्यक्तिलाई नेपालमा फर्काउन सक्नुपर्छ । चरित्र मुख्य चिज हो । मानिसले चरित्रको सही पालना गर्न सिक्नुपर्छ । नेपालमा कानुनको शासन हुनुपर्छ । जनस्व र राजस्व खानुहुन्न भन्ने कुरा सबैले बुभ्mनु जरुरी छ । नेपालमा प्रोत्साहन र दण्डको व्यवस्था भयो भने देश द्रुत गतिमा अघि बढ्छ । नेपालीले हरेक किसिमको कामबाट स्वावलम्बीपन देखाउनुपर्छ ।

प्रतिक्रिया