भाडामा पाइन्छन् ब्वाइफ्रेन्ड !

एजेन्सी
गुडगाव । यदी तपाईं यो भ्यालेन्टाइन सप्ताहमा नितान्त एक्लै हुनुहुन्छ र ब्वाइफ्रेन्डको आवश्यकता छ भने यो सुविधा अब भाडामा पनि पाइने भएको छ । गुडगावका एक २६ वर्षीय व्यापारीले एक्ली केटीहरूका लागि आपैmँलाई भाडाको ब्वाइफ्रेन्डका रूपमा प्रस्ताव गरेका छन् । खास कुरा के भने सकुल गुप्ता नामका यी व्यक्तिले फेसबुकमार्फत केटीहरूका लागि आकर्षक प्याकेजसमेत राखेका छन् ।

सकुलले आफ्नो प्याकेजमा अंकमाल गर्नेदेखि हात समाउनेसम्मका विकल्प दिएका छन् । सकुनको यो फेसबुक पेजलाई अहिलेसम्म हजारौँले लाइक गरिसकेका छन् । सकुलले आफूलाई खुलेआम भाडामा ब्वाइफ्रेन्ड बन्न जान तयारी गरेका छन् । तर, यसका लागि केही सर्त पनि छन् । यी सर्तमध्ये एक हो उनी ब्वायफ्रेन्ड बनेपछि फेसनका रूपमा केटीहरूसँग कुराकानी गर्ने छैनन् न त बिच्छी कुदाउनेछन् ।

फेसबुकमा सकुलले आफ्ना केही फोटो पनि सेयर गरेका छन् । सकुलको प्याकेजमा उनी केटीहरूसँग इन्टरनेटमा केही रमाइला कुरा बसेर हेर्न सक्नेछन्, साथै आपैmँले कुनै स्वादिलो खाना बनाएर पनि ख्वाउन सक्नेछन् । तर, भुटेका, तारेका खानेकुरा खाने छैनन् ।

प्रतिक्रिया