सामसंग जे सेभेन म्याक्स १ रुपैयाँमा !

काठमाडौं । सुन्धाराको सिटिसी मलको चौथो तलामा रहेको इजी मोबाइल केयर प्रालिले सामसंग जे सेभेन म्याक्स स्मार्टफोन १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । सो अफरअन्र्तगत अधिकतम बजार मूल्य २८ हजार २ सय ९० रहेको सामसंग जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरूले जम्मा १ रुपैयाँ बुझाएर घर लैजान सक्नेछन् । सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था कम्पनीले गरेको इजी मोबाइल केयर प्रालिका अध्यक्ष सन्जित पौडेलले बताए ।

उनले भने, ‘अझै पनि बजारमा ग्राहकहरूले चाहेअनुसारको मोबाइल किन्न र सेवासुविधा नपाएको हुँदा ग्राहकहरूलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएका हौँ । यसबाट सबैले फाइदा उठाउनेमा ढुक्क छु ।’  इजी मोबाइल केयर प्रालि मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलोपटक मोबाइलसम्बन्धी सम्पूर्ण सेवासुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया