ब्राजिलमा विमान दुर्घटना, ३ को मृत्यु

रियो डे जानेरो, २५ माघ । ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो । यस दुर्घटनामा उक्त विमानमा रहेका चालक दलका दुई जना सदस्य र अर्का एक यात्रुको मृत्यु भएको हो ।

एउटा इन्जिनले चल्ने सो सानो विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । गएको चार महिनायता योसहित एक इन्जिनले चल्ने दुई वटा साना विमान दुर्घटना भएका छन् ।

गएको अक्टोबरमा पनि यस्तै एक विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी विमान चालकको मृत्यु भएको थियो भने अन्य एक व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया