निःशुल्क शिविरमा ४१० जनाले गराए स्वास्थ्य जाँच

लहान, २२ माघ । सिरहाको लहान-७ देवीदहमा सम्पन्न एकदिने निःशुल्क स्वस्थ्य शिविरमा ४१० जनाले स्वास्थ्य जाँच गराएका छन् ।

ओम पोली क्लिनिक एण्ड अर्थो केयर सेन्टर लहानको सहकार्यमा अर्किड मेडिकल फाउन्डेशन जनकपुरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित ४१० जनाले निःशुल्क चेकजाँच गराएका छन् ।

शिविरमा हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला तथा यौन रोगका बिरामीले निःशुल्क चेकजाँच गराएको स्वस्थ्यकर्मी रामबाबु सिंहले जानकारी दिए । साथै शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीलाई औषधीसमेत वितरण गरिएको थियो ।

शिविरमा हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डा. ओमप्रकाश चौधरी, जेनरल फिजिसियन डा. अरविन्द साह, नाक, कान तथा घाँटी रोग विषेशज्ञ डा. सन्दर्भ गिरी र छाला तथा यौन रोग विषेशज्ञ डा. प्रमोदकुमार दास लगायतका चिकित्सकले बिरामीको जाँच गरे ।

प्रतिक्रिया