सान्सीको २६ जिल्ला गरिबीबाट मुक्त हुने

चीन, १९ माघ । उत्तरी चीनको सान्सी प्रान्तमा यस वर्ष २६ वटा जिल्ला गरिबीबाट मु्क्त गरिने अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।करिब छ लाख घर परिवारलाई यसवर्ष गरिबीबाट मुक्त गरिने अनुमान कार्यक्रम राखिएको सरकारी अधिकारीको भनाइ रहेको छ ।

यो संख्या सान्सीको हालको गरिब जनसंख्याको ८७ प्रतिशत रहेको प्रान्तीय गरिबी निवारण कार्यालयले बताएको छ । चीनको अरु प्रान्तको तुलनामा सान्सीमा बढी नै गरिबको जनसंख्या रहेको सरकारी अधिकारीले जनाएका छन् ।

चीनको सान्सी प्रान्तमा गतवर्ष पनि सात लाख ४० हजार व्यक्तिलाई गरिबीबाट मुक्त गराइएको थियो ।

प्रतिक्रिया