सुडानमा युद्धविरामको तयारी, अर्को महिना वार्ता हुने

खार्तुम, १५ माघ । सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने भएको समाचार छ ।

सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक सो विद्रोही समूह र सरकारबीच सोमबार युद्धविरामका लागि तयारी भएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार युद्धविरामका लागि तयारी जारी रहेको छ र सरकारी वार्ता समिति र विद्रोही वार्ताटोलीबीच आगामी फेब्रुअरी महिनामा वार्ता हुने जनाइएको छ ।

आगामी शुक्रबारसम्ममा युद्धविरामको घोषणा हुनेछ र अर्को महिनाको मध्यतिर वार्ता हुने कार्यक्रम बनाइएको छ–एकजना सरकारी अधिकारीले भने ।

उनका अनुसार शान्ति वार्ता भने इथियोपियाको राजधानी आदिस अबाबामा हुनेछ ।

प्रतिक्रिया