सुन्दरीहरूको देश, जहाँ ‘वाइफ टुरिज्म’ फस्टाउँदै


एजेन्सी
रूस । साइबेरियाको नाम मनमा आउनासाथ हिउँले ढाकेको, अतिचिसो क्षेत्रको तस्बिर सम्झिइन्छ । यसबाहेक यस क्षेत्र सुन्दर युवतीहरू भएको देशले पनि चिनिन्छ । जसका कारण हिजोआज यो ठाउँ ‘वाइफ टुरिज्म’ को हब बन्दैछ । केटीहरूको कमीका कारण चीनका धनी व्यापारी विवाहका लागि साइबेरियातिर हानिन्छन् । त्यसैका कारण उनीहरू यस ठाउँलाई ‘वाइफ प्याराडाइज’ पनि भन्दछन् ।

चीनमा सरकारले एक सन्तानको नीति ल्याएपछि यहाँ केटीहरूको संख्यामा धेरै कमी आएको छ । अवस्था यस्तो छ कि, चिनियाँ केटाहरूले विवाहका लागि केटी पाउन गाह्रो भएको छ । यसकै कारण चिनियाँ केटाहरू बेहुली खोज्न ‘वाइफ टुर’मा गइरहेका छन् ।

सामान्यतया चिनियाँ केटा केटी खोज्न साइबेरिया पुग्ने गरेका छन् । किनभने, यहाँका केटीहरू धेरै सुन्दर छन् । यो कामका लागि यहाँ साइबेरिया ब्राइड डट कमजस्ता एजेन्सीहरू पनि खुलेका छन् । चीनमा हरेक एक सय महिलामा १ सय २० पुरुष छन्, अर्थात् चीनमा ३ करोड १० लाख पुरुषलाई जोडी पुग्दैन । रुसमा भने पुरुषभन्दा महिला धेरै छन् । यहाँ एक सय महिलामा मात्र ८५ पुरुष छन्, अर्थात् सयजनामा १५ महिला बिजोडी हुन जान्छन् ।

केटी खोज्न सजिलो छैन यहाँ
यहाँ विवाहका लागि कैयौँ वैधानिक म्यारिज एजेन्सीहरूले काम गरिरहेका छन्, जसले अर्को देशबाट आएका केटाहरूलाई मन परेकी केटीसँग विवाह गराइदिन्छन् । यहाँ धनीमानी व्यापारीहरू पनि मन परेकी केटी खोज्न पुग्ने भएकाले यस्तासँग म्यारिज एजेन्सीले लाखौँ रकम लिने गरेका छन् । धेरैजसो रसियन केटीहरू आफ्नै देशमा विवाह गर्न खोज्ने भएकाले अरूले यसका लागि धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । साइबेरिया संसारकै चिसो स्थानमध्येको एक हो । त्यसैले, यहाँका केटीहरू विवाह गरेर कुनै अर्को देशको गर्मी ठाउँमा जान चाहँदैनन् ।

के भन्छन् म्यारिज एजेन्सी
म्यारिज एजेन्सी ओसिडी सेन्टरका एलेना सुवोरोवाका अनुसार चीनका युवाका लागि रसियन केटी कुनै कोसेलीजस्तै हो । उनीहरू यहाँका केटीसँग विवाह गर्ने मात्र होइन, गहिरो माया गाँस्ने दाबी गर्छन् । मैचमेकर्स भने चिनियाँ धनाड्य व्यापारीको व्यवहारको प्रशंसा नै गर्छन् । साइबेरियन टाइम्सका अनुसार चीनका युवा महिलाहरूसँग धेरै सम्मानजनक व्यवहार गर्छन् ।

प्रतिक्रिया