दिल्ली । सन् १९३४ ताका भारतीय स्वतन्त्रता संग्रामका नायक सुभाषचन्द्र बोस आस्ट्रियाको राजधानी भियनामा बस्थे । त्यतिवेला उनी जवान र सुन्दर पनि थिए । भारत स्वतन्त्र बनाउनेबाहेक केही नसोचेका उनी कसरी परे विदेशी युवतीको प्रेममा ? उनका जीवनका दुर्लभ पक्ष र निजी जीवन ः
भारतीय अवज्ञा आन्दोलनका क्रममा जेलमा रहेका सुभाषचन्द्र बोसको स्वास्थ्य फरवरी १९३२ मा निकै खराब भएको थियो । उनको स्वास्थ्यका कारण ब्रिटिस सरकार उपचारका लागि युरोप पठाउन सहमत भयो, तर उपचार खर्च भने परिवारले बेहोर्नुपर्ने सर्त थियो । भियनामा उपचार गराउनेक्रममा उनले सोचे, युरोपमा बसेर नै भारतीय स्वतन्त्रताका लागि लड्न एकजुट गराउनुपर्छ ।
युरोपमा रहेकै वेला उनी यसै सिलसिलामा युरोपबाट प्रकाशित हुने ‘द इन्डिया स्ट्रगल’ नाम पुस्तक निकाल्ने तयारीमा लागे । त्यसका लागि उनलाई एक सहयोगीको आवश्यकता प¥यो । उनको काममा सहयोग पु¥याउने अंग्रेजी भाषा जानेको र टाइप गर्न सक्ने सहयोगी खोजे । यसका लागि उनलाई साथी डा. माथुरले दुई जनाको सिफारिस गरे । बोसले दुवैबारे जानकारी लिएर अन्तर्वार्ताका लागि बोलाए । पहितर, अन्तर्वार्तामा उनी सन्तुष्ट भएनन्, दोस्रोलाई बोलाए ।
२३ वर्षीया युरोपियन युवती उनको सहयोगका लागि ल्याइयो । उनको नाम थियो एमिली सेंकल । उनी अत्यन्तै राम्री थिइन् । एमिलीले १९३४ देखि बोससँग बसेर काम गर्न सुरु गरिन् । त्यतिवेला बोला ३४ वर्षीय युवा थिए । ती युवतीलाई भेट्नुपूर्व उनको सारा ध्यान भारतलाई कसरी अंग्रेजको कब्जाबाट मुक्त गर्ने मात्रै थियो । उनले कहिल्यै सोचेका पनि थिएनन उनको निजी जिनवमा कुनै युवतीले प्रवेश पाउला भनेर । तर, उनको जीवनमा युवतीले नजानिँदो पाराले स्थान लिइसकेकी थिइन् ।
सुभाषको जीवनमा प्रेमको सुरुआत
सुभाषचन्द्र बोसका दाजु शरतचन्द्र बोसका नाति सुगत बोसले सुभाषचन्द्रका जीवनमा ‘सुभाषचन्द्र बोस एन्ड इन्डियाज स्ट्रगल अगेंस्ट एंपायर’मा लेखेका छन् । एमिलीसँग उनको भेटघाटपछि सुभाषको जीवनमा नाटकीय परिवर्तन आएको थियो । सुगतका अनुसार त्योभन्दा पहिला उनको प्रेम र विवाहबारे कैयौँ प्रस्तावहरू आएका थिए । तर, उनले त्यसबारे वास्ता नै गरेनन् । जब एमिलीको सुन्दरताले उनलाई नाटकीय रूपमा प्रेममा पा¥यो ।
सुभाषचन्द्रको हत्या वा मृत्यु ?
सुगतले आफ्नो किताबमा एमिलीको भनाइ उद्धृत गर्दै लेखेका छन् । ‘प्रेमको प्रस्ताव सुभाषले गरेका थिए, बिस्तारै हाम्रो सम्बन्ध रोमान्टिक हुँदै गयो । १९३४ देखि १९३६ मार्चमा अस्ट्रिया र चेकोस्लोभाकियामा रहेको समयमा हाम्रो सम्बन्ध सुमधुर भयो ।’ २६ जनवरी १९१० मा अस्ट्रियाको एक कैथोलिक परिवारमा जन्मिएकी एमिलीका बाबुलाई यो सम्बन्ध स्वीकार्य थिएन । उनी आफ्नो छोरी आफ्नो देशमा काम गर्ने कुनै भारतीयसँग बिहे गरोस् ।
तर, जब सुभाषलाई भेटे, उनको व्यक्तित्वले उनी प्रभावित भए । भारतका कैयौँ विद्वान्ले बोसलाई जवाहरलाल नेहरूको जीवनसँग तुलना गरेर पुस्तक लेखेका छन् । दुवैको जीवनमा श्रीमतीको भूमिकाबारे समेत उल्लेख गरेको पाइन्छ । भारतमा आज पनि अतिसम्मनका रूपमा लिइने सुभाषको मृत्य कहाँ कसरी भयो वा उनको अवस्थाबारे आज पनि कुनै जानकारी छैन । उनको जीवन एक प्रकारले गुमनाम नै हो ।
सुभाषले लेखेका प्रेमपत्र
भारतीय लेखक रुद्रांशु मुखर्जीले आफ्नो पुस्तकमा उनीहरूको सम्बन्धलाई लिएर लेखेका छन्, ‘सुभाष र एमिली सुरुका दिन देखिनै दुवैले एक अर्कालाई खुब मन पराउँथे । उनीहरू एक–अर्कालाई प्रेमपत्र लेख्दा पनि सम्मानित शब्द प्रयोग गरेर लेख्थे एमिली सभाषलाई श्रीमान् बोसले (मिस्टर बोस) लेख्थिन्, बोस भने उनलाई मिस सेंकल या पर्ल सेंकल लेख्थे ।’
वास्तविकता के पनि थियो भने सुरक्षाका कारण दुवैले आफ्ना परिचय लुकाउनुपर्ने थियो । सैनिक संघर्षमा युरोपियन देशबाट सहयोग लिन कहिले कता कहिले कता गइरहनुपर्ने बाध्यतामा थिए उनी । सुभाषलाई प्रेम र सतर्कता सँगै लैजानु थियो ।
तर, एमिलीलाई लिएर उनको मनभित्र कस्तो भाव थियो भन्ने कुरा त्यो पत्रले चित्रण गथ्र्यो । जसलाई सुभाषचन्द्रले लेखेका प्रेमपत्र भन्न सकिन्थ्यो । उनीहरूको निजी प्रेमपत्र पहिला त सुभाषले एमिलीलाई लेखेको पत्रको संग्रह थिएन ।
तर, ती पत्रहरूलाई एमिलीले आफैँ शरतचन्द्र बोसका छोरो शिशिरकुमार बोसकी पत्नी कृष्णा बोसलाई दिएकी थिइन् । उनीहरूको प्रेमपत्र यसरी सुरु भएको थियो । यो जुन १९३६ मार्च ५ मा लेखिएको थियो ।
सरकारले सत्य र तथ्य लुकाएर राख्यो : चन्द्र बोस
सुभाषचन्द्रले एमिलीलाई लेखेको प्रेमपत्रको अंशः मेरी प्यारी, समय आएपछि हिमपर्वत पनि पग्लन्छ भन्थे, यस्तै अनुभूति मेरो मनमा पनि भएको छ । तिमीलाई कति माया गर्छु भन्नेबारे केही लेख्नबाट आफूलाई रोक्न सकिन । जसरी हामी एक–अर्काको नजिक भनिन्छ, मेरी प्यारी तिमी मेरो मुटुकी रानी हौ ।
तर, के तिमी पनि मलाई माया गर्छौ ?’
यस पत्रमा उनले अगाडि लेखेका छन्, ‘मलाई थाहा छैन कि, भविष्यमा के हुन्छ ? सिंगो जीवन जेलमा बिताउनुपर्छ, मलाई गोली हान्छन् वा फाँसीमा झुन्डिन पर्छ । हुन सक्छ, मैले तिमीलाई कहिल्यै देख्न नपाउँला, यो पनि हुन सक्छ कहिल्यै पत्र लेख्न नपाउँला । तर पनि विश्वास गर, तिमी सधैँ मेरो हृदयमा रहनेछौ । मेरो मन र सपनामा रहिरहने छौ । यदि हामी यो जीवनमा सँगै भएनौँ भने पनि अर्को जुनीमा म तिम्रै साथमा रहनेछु ।’
मनभित्रैबाट प्रेमको वाचा
उक्त पत्रको अन्त्यमा सुभाषले लेखेका छन् । म तिम्रो अन्तरआत्मालाई माया गर्छु । तिम्रो मनसँग प्रेम गर्छु । तिमी पहिलो महिला हौ, जसलाई मैले प्रेम गरेँ ।’ पत्रको अन्त्यमा सुभाषले त्यो पत्रलाई नष्ट गर्न अनुरोध गरेका थिए । तर, एमिलीले सुभाषले दिएका त्यो पत्रलाई सुरक्षित राखेकी थिइन् । अब भने एमिलीको प्रेममा सुभाष पूरै कैद भएको थिए । यसबारे उनका नजिकका साथी तथा राजनीतिक सहयोगी एसिएन नांयिबारले सुगत बोसलाई भनेका थिए ।
‘सुभाष बौद्धिक व्यक्तित्व थिए, उनको ध्यान मात्रै भारतलाई स्वतन्त्र बनाउनेमा थियो, तर उनमा परिर्वतन आएको छ । उनी पूरै एमिलीको प्रेममा परेका छन् । उनी ती युवतीसँग निकै प्रेम गर्छन् ।’ सुभाषको मानसिकता त्यो वेला कस्तो अवस्थामा पुगेको थियो भन्ने १९३७ मार्च वा अप्रिलतिर एमिलीले पठाएको पत्रले प्रस्ट पार्छ । उनले ठूला अक्षरमा लेखेकी थिइन्, ‘पछिल्ला केही दिनदेखि तिमीलाई लेख्न सोचिरहेको थिए । तिमीले सम्झन सक्छौ कि मेरा लागि तिम्रो बारेमा आफ्नो भावनालाई लेख्न कति गाह्रो थियो, म तिमीलाई यो मात्रै भन्न चाहन्छु कि, म पहिला जस्तो थिएँ, अहिले पनि उस्तै छु ।’
‘एक दिन पनि यस्तो छैन, जहाँ मैले तिमीलाई नसम्झेको हुँला, तिमी सधैँभरि मेरो साथमा छौ, म अरू कसैको बारेमा सोच्न पनि सक्दिन, म तिमीलाई यो पनि बताउन चाहन्छु कि, यो महिना म कति दुःखी भएँ, एक्लोपनको महसुस गरेँ । मात्र एक चिज छ जसले मलाई खुसी राख्न सक्छ । तर, मलाई थाहा छैन, त्यो सम्भव छ कि छैन । यसपछि पनि दिनरात म यसैबारे सोचिरहेको हुन्छु र भगवान्सँग प्रार्थना गर्छु, मलाई राम्रो बाटो देखाइदेऊ भन्दै ।’
त्यो बिहे जसबारेमा थाहै भएन
यो पत्र आदान–प्रदान भएको केही दिनपछि उनीहरूले बिहे गरे । उनीहरूको बिहे कहाँ भयो भन्नेबारे एमिलीले कृष्णा बोसलाई बताएकी २६ डिसेम्बर १९३७ मा उनीहरूले अस्ट्रियामा बिहे गरे । जुन दिन उनको २७औँ जन्मदिन परेको थियो, त्यही दिन अस्ट्रियाको बादगास्तिनमा उनीहरूले दुवैको सहमतिमा बिहे गरेका थिए । तर, उनीहरूले आफ्नो बिहेलाई गोप्य राख्ने सहमति पनि गरेका थिए । कृष्णा बोसका अनुसार एमिलीले बिहेको दिन बताउनुबाहेक बिहेबारे अन्य कुनै कुरा बताइनन् ।
अनीता बोसले भनेअनुसार बिहेको समयमा उनले भारतीय महिलाले जस्तै सिउँदोमा सुन्दुर लगाएकी थिइन् । त्यो बिहे यति गोप्य थियो कि, उनको बादगास्तिनमै बस्ने सुभाषका भतिजा अमिय बोसलाई पनि भेटघाटमा एमिली आफ्नी काकी भन्ने थाहा थिएन, उनी उनलाई काकाका सहायक भनेर मात्र चिन्थे । बिहेलाई गोप्य राख्नका कारणबारे रुद्रांशु मुखर्जीले लेखेका छन्, निकै असम्भव थियो, उनले एक विदेशी महिलासँग बिहे गरेको कारण उनको राजनीतिक जीवनमा धेरै असर पर्ने थियो । त्यसैले पनि त्यो गोप्य राख्नु थियो ।
१९३८ मा सुभाषचन्द्र बोस कांग्रेसको अध्यक्ष चुनिएका थिए । शरतचन्द्र बोसका सचिव एवं अंग्रेजी भाषाका प्रख्यात लेखक नीरद सी चौधरीले १९८९ मा एक पत्रिकामा लेखेका थिए । ‘त्यो उनको निजी जिन्दगीको एउटा पाटो हो । तर, जब मैले थाहा पाए त्यो सुन्दा मलाई झट्का लाग्यो । शरदचन्द्र बोसको छोरा शिशिरकुमार बोसका पत्नी कृष्णा बोसले सुभाष र एमिलीको प्रेम कहानीलाई ‘ए टु प्रेम कथा’ ‘एमिली र सुभाष’ लेखेकी छन् । जसले सुभाष र एमिलीको बीचको प्रेमसम्बन्धको पूर्ण विवरण पढ्न पाइन्छ । सुभाषले एमिलीलाई प्रेमले बाघिनी भनेर पनि बोलाउने गर्थे । तर, यो कुराको उदाहरण हुन्छ एमिली बौद्धिकताको सवालमा सुभाषको नजिक–नजिक थिइनन् भन्ने हो ।
सुभाष–एमिलीको मायाको चिनो
कृष्णाबोसबाहेक सुभाष चाहन्थे कि एमिली भारतको केही साचारपत्रलाई भियनाबाट रिपोटिङको काम गरून् भन्ने । सुभाषको आग्रहमा एमिलीले ‘द हिन्दू र मार्डन रिव्यू’ का लागि केही लेख लेखिन् । तर, त्यो समाचारको विश्लेषण गर्न सजिलो थिएन । सुभाष कैयौँपटक उनीलाई भन्थे, ‘तिम्रो लेख ठीक थिएन, त्यसैले छापिएन ।’ यसको दृश्य र ठाउँ देख्न सकिन्थ्यो । १२ अगस्त १९३७ मा लेखेको पत्रमा लेखे, ‘तिमीले भारतबारे केही किताब गाएको छौँ, तर, मलाई लाग्दैन यो किताब तिमीलाई दिएर केही काम लागोस्, तिमीसँग जुन किताब छ त्यो पनि तिमीले पढेको छैनौँ ।’
‘जब तिमी गम्भीर हुँदैनौ, तबसम्म पढ्ने तिम्रो इच्छा हुँदैन, भियनामा तिमीसँग कति विषयका किताब थिए ? मलाई थाहा छ, तिमीले तिनलाई पल्टाएर पनि हेरेनौ ।’ तर पनि सुभाषचन्द्र र एमिली एक–आपसमा निकै प्रेम गर्थे १९३४ देखि १९४५ सम्म दुई जनाको साथ १२ वर्ष रह्यो । १९४२ नोबेम्बर२९ मा यी दुई जनाको प्रेमको चिनोको रूपमा छारीको जन्म भयो । सुभाषले छोरीको नाम अनिता राखेका थिए । इटलीका क्रान्तिकारी नेता गौरीबाल्डीका ब्राजिली मुलकी पत्नी अनीता गौरीबाल्डीको सम्मानमा उनले छोरीको नाम अनीता राखेका थिए । अनीता आफ्नो पतिको साथमा कैयौँ युद्धमा सँगै लडेकी निडर महिला थिइन् ।
सुभाष छोरीलाई हेर्न डिसेम्बरमा १९४२ मा भियना पुगे र भाइ शरतचन्द्र बोसले बंगालीमा लेखेको पत्रका माध्यमबाट श्रीमती र छोरीबारे जानकारी लिन्थे । त्यसपछि उनी श्रीमती र छोरीलाई भेट्न कहिल्यै गएनन् । एमिली सुभाषको यादमा १९९६ सम्म जीवितै थिएन । उनले निकै दुःख गरेर सुभाषको अन्तिम निशानी छोरी अनीतालाई जर्मनीमने चर्चित अर्थशास्त्री बनाइन् । जीवनमा अनेक दुःख पाए पनि सुभाषको परिवारसँग कुनै पनि सहयोग लिन मानिनन् । यति मात्र होइन, सुभाषसँगको जुन गोपनीयता साथ सम्बन्ध बनाएकी थिइन् त्यसलाई पनि मर्यादापूर्वक निभाइन् ।
बिबिसी हिन्दीको सहयोगमा
प्रतिक्रिया