‘तीनमुरे बाजे’ लाई थाहा छैन भारोत्तोलन

सौर्य समाचार
भोजपुर । तपाईं खेतको खलाबाट घरसम्म धान बोक्नुप¥यो भने कति बोक्न सक्नुहुन्छ ? मुस्किलले एक मुरीसम्म वा बढीमा २५ पाथी । साँच्चै बलियो हुनुहुन्छ भने ३० पाथी नै बोक्नु होला ।

भोजपुरको टेम्के मैयुँ गाउँपालिका–३, दिल्पा चनौटेका ७२ वर्षीय पदमप्रसाद निरौला भने तीन मुरी अथवा ६० पाथी धान बोकेर चर्चित मात्रै बनेका छैनन्, जीवनभरका लागि ‘तीनमुरे बाजे’ नाम पनि कमाएका छन् । २००२ साल भदौमा जन्मेका उनलाई गाउँघरतिर निरौला ठूले भन्ने गरिए पनि ‘तीनमुरे’ उपनामबाट सबैतिर चिनिन्छन् । उनलाई धेरैले तीन मुरे बाजे भनेर सम्बोधन गर्छन् ।

१५/२० पाथी बोक्दै थला पर्ने हामीलाई तीन मुरी धान बोक्ने मानिस कस्तो होला भनी आश्चर्य लाग्न सक्छ र कल्पना गर्न पुग्छौँ, ठुल्ठूला हातखुट्टा भएका, अग्ला र मोटाघाटा । तर, उनी सामान्य मानिसभन्दा न मोटा छन् न अग्ला । उनको बल भने बेजोड छ ।

तीनमुरे बाजे भनेर उनको नाम कसरी रहन गयो त ? यसबारेमा जान्न खोज्दा उनले भने, ‘दिल्पाको मेस्माङमा कृपाराम सुब्बा (कृपाराम राई) को खेतको खलामा धान झाँटिरहँदा कृपारामसँगै कुरैकुरामा मैले तीन मुरी धान बोक्न सक्छु भने तर उनले पत्याएनन् । उनले मसँग ‘मैले अस्ति एक मुरी कोदो बोक्दा झन्डै टाउको कुच्चिएको, तिमीजस्ता मरन्च्याँसे बाहुनले कहाँबाट सक्छौ तीन मुरी धान बोक्न ?’ भने ।

निरौला ठूलेले पनि केही समयअघि दिल्पाकै खोटाङबाट लगभग दुई घण्टाको बाटो दुई मुरी (चालिस पाथी) धान बोकेर ल्याएको रहेछ र त्यो हलुकै लागेकाले अझै एक मुरी थपेर बोक्न सक्छुजस्तो उनलाई लागेको रहेछ । तीन मुरी बोक्न सक्छु भनेपछि कृपारामले अविश्वास गरी ‘लु बाजी राखौँ न त’ भनेका रहेछन् । कृपाराम सुब्बा त धनीमानी मान्छे भएकाले जति पनि बाजी राख्न सक्थे तर निरौला ठूले भने गरिब श्रमजीवी भएकाले त्यसबखत साथमा भएको ५ रुपैयाँको मात्रै बाजी राखेछन् । उनका अनुसार यो कुरा ०२२/२४ सालतिरको हो र त्यतिखेर उनी त्यस्तै २०÷२२ वर्ष उमेरका थिए । कृपारामले ‘यिनले सक्दैनन्, म यिनको पैसा खाइदिन्छु’ भनेका रहेछन् ।

सर्तअनुसार उनले तीन मुरी धानका बोरा मेस्माङमा कृपाराम सुब्बाको आँपको फेदको खलोबाट कृपारामको घर (उकालो हिँड्दा १५ मिनेट लाग्ने, भारीसँग आधी घण्टा वा उस्तै मानिसलाई त एक घण्टा पनि लाग्न सक्ने) पु¥याउनुपर्ने रहेछ । उनले त्यो खलाबाट तीनमुरी धानका दुई वटा बोरा (३०÷३० पाथीका) बोकेर उकालो लागी घरसम्म पु¥याएछन् । बीचमा बिसाउन पाउने भएपनि थचक्क बिसाउँदा फेरि उठाउन नसकिने डरले उभीउभी टेकाउँदा रहेछन् । उनले त्यसरी नौ ठाउँमा टेकाएका रहेछन् । त्यसरी लगभग डेढ घण्टामा सर्त अनुसारको भारी पु¥याउँदा सबै खेताला र घरका मानिस आश्चर्यचकित भएछन् ।

यसरी धानका बोरा घर पु¥याएपछि कृपाराम सुब्बा चकित भए र शर्त अनुसारको पाँच रुपैयाँ दिए । त्यसबेला पाँच रुपैयाँको कति महत्व रहेछ भने उनले त्यसबाट दुई माना तेल किनी भोलिपल्ट सेलरोटी पकाएर खाएछन् । त्यसबखत गरीब परिवारमा रोटी पकाएर खानु भनेको कुनै चाडपर्व, धार्मिक कार्य वा ६ महिना वर्षदिनमा मात्र जुर्ने एक दुर्लभ अवसर हो ।

तीनमुरी धान हिजोआजको नापतौलअनुसार कति किलो हुन्छ भन्ने प्रश्नको जवाफमा उनले एक मुरीमा लगभग ५५ किलोग्राम हुने बताए । यसअनुसार तीनमुरी भनेको हालको १ सय ६५ किलोग्राम हुने रहेछ । यसरी एक मरन्च्याँसे मान्छेले अकल्पनीय भारी बोकेपछि सबै आश्चर्यचकित भई त्यसदिनदेखि नै उनलाई ‘तीन मुरे बाजे वा तीन मुरे बाहुन’ भन्न थालेका रहेछन् ।

उनले के त्यत्रो भारी बोकैकै हुन् त भनी प्रश्न गर्दा टेम्के मैँयु–३, बाहुनगाउँकै बासिन्दा ७० वर्षीय वेदनिधि अधिकारीले भने, ‘त्यस मेलामा म नगएको भए पनि उनले बोकेकै हो भनी त्यसैबेलादेखि चर्चा हुन थालेको हो ।’

टेम्के मैँयू–३, बाहुनगाउँकै बासिन्दा र हाल एक ख्याति प्राप्त व्यावसायिक किसान ७६ वर्षीय विष्णुप्रसाद अधिकारी भने, ‘उनले यस क्षेत्रका ख्यातिप्राप्त र धनीमानीमा गनिने बालाजित राईका छोरा तथा मालपोतका सुब्बा कृपाराम राईको खलामा दाइँ गरेपछि ३तीन मुरी धान घर पु¥याइदिएको कुरा सत्य हो । उनले सो भारी दुई वटा धोक्रामा एक किलोमिटरमाथि लगभग डेढ घण्टामा घरमा पु¥याएका हुन् । म आफू त्यहाँ नभए पनि यसै क्षेत्रका नारद चौलागाईं (सो खेत अधियाँमा कमाएका) तथा लक्ष्मण चौलागाईं त्यस मेलामा गएका थिए ।’

उनले त्यसबखतको पाँच रुपैयाँको धेरै मूल्य हुने पनि बताए । निरौलाले त्यसबखत घरमा धेरै दुःख भएको, आमा आफू आठ वर्षको हुँदै बितेकी र बुबा पनि ०१६÷१७ सालतिर बितेकाले भाइबहिनी पाल्नुपर्ने अवस्थाले निकै मिहिनेत गर्नुपरेको विगत सुनाउँछन् । चार छोरा र एक छोरीका बाबु निरौलाकी पत्नी पनि जेठो छोरा गीताराम डेढ वर्षको हुँदै बितेपछि उनले पुनः विवाह गरे । अहिले भने उनलाई

खान लाउन दुःख छैन । हुर्केका छोराछोरीले अब तराईतिर झर्नुपर्छ भनेर आग्रह गरे पनि उनी पहाडमै मिहिनेत गरेर बसिरहेका छन् । उनका अनुसार अझै पनि गाउँटोलका बाहुन परिवारमा ठूलो कार्यमा निमन्त्रणा गरी भात पकाउन लगाउँदा त्यस्तो कार्य उनले सम्पन्न गर्दै आएका छन् । हालै मात्र पनि ७२ वर्षको उमेरमा विवाह भोजमा पाँच पाथी चामलको भातको खड्कौँलो एक्लैले उचाली काम सम्पन्न गरेको प्रसंग स्थानीय बासिन्दा अघि सार्छन् ।

त्यत्तिको बहादुरीको काम गर्ने तपाईं के खानुहुन्थ्यो ? शरीर के कस्तो थियो ? भनी प्रश्न गर्दा उनी भन्छन्, ‘मेरो ज्यान यही हो । लगभग पाँच फिट ६÷७ इन्च भन्दा बढी अग्लो छैन । तौल पनि ५०/५२ केजीभन्दा बढी हँुदैन । त्यो बेला केही बढी थिएँ कि ? खानपिन पनि सामान्य हुन्थ्यो । घरमा गरिबी थियो, बुबाआमा हुनुहुन्नथ्यो, भाइबहिनीलाई पाल्नुपथ्र्यो ।’

दःुख भए पनि आमाले रामै्र स्याहार गरेको उनलाई स्मरण छ । अझै पनि एक मानाको भात खानसक्ने उनको दाबी छ । आफूले त्यसरी भारी बोकेको देख्ने गाउँकै भुर्चोक निवासी यस क्षेत्रका प्रतिष्ठित भीमप्रसाद राई र बस्नेत गाउँका लोकबहादुर बस्नेत रहेको उनी सुनाउँछन् । दुवैजना भोजपुर बजारबाट घर फर्कंदै गर्दा त्यो देखेका रहेछन् । राईले ‘यसरी त मर्छौ त, छोराछोरी कतिजना छन् ?’ भनी सोधेको स्मरण पनि उनीसँग छ ।

 

प्रतिक्रिया