दुई पत्नी अनिवार्य नभए जेल !

एजेन्सी
अफ्रिका । संसारका अनौठा कानुनबारे चर्चा चल्दा एरिट्रिया छुटाउनु ठूलो भुल हुन्छ । हामीकहाँ बहुविवाहविरुद्ध कानुन छ । संसारका धेरै देशमा बहुविवाहमाथि प्रतिबन्ध छ । हामीकहाँ त झन् बहुविवाहलाई फौजदारी अभियोगसरह मानिएको छ । तर, संसारमा यस्तो पनि एउटा देश छ, जहाँ बहुविवाह नगरे जेल सजाय भोग्नुपर्छ ।

इरिट्रिया, जहाँ दुई वटा विवाह अनिवार्य छ, नभए जेल सजाय हुन सक्छ । वास्तवमा इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या धेरै कम छ । त्यसैले, हरेक पुरुषलाई दुई वटी पत्नी बनाउन अनिवार्य गरिएको छ । अनौठो के छ भने, दुई वटा विवाह नगर्ने पुरुषलाई जेल हुन सक्छ ।

पुुरुषलाई मात्र होइन, यहाँ महिलाका लागि पनि कडा कानुन छ । महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै थोरै भएकाले यहाँ यस्तो कानुन आएको हो । यो कानुन उल्लंघन गर्नेलाई आर्थिक जरिवानादेखि जेल सजायसम्मको व्यवस्था छ । यस्तो होइन कि, पुरुषले मात्र जेल जानु परोस्, महिलालाई पनि कडा कानुन छ । यदि कुनै जेठी पत्नीले आफ्ना पतिलाई कान्छी ल्याउनबाट रोके वा अवरोध गरे जन्मकैदसम्मको व्यवस्था छ ।

एक वर्षअघि बनाएको यस्तो कानुनपछि दोस्रो विवाह गर्ने पुरुषको संख्यामा धेरै वृद्धि भएको छ । तर, संसारभरिबाट यो कानुनको विरोध पनि भइरहेको छ ।

 

प्रतिक्रिया