चिसोले एटिएम कठ्यांग्रिएपछि . . .

एजेन्सी
नयाँ दिल्ली । तपार्इँलाई लाग्दो हो, चिसो बढ्दा मानिस मात्र कठ्यांग्रिन्छन् । त्यस्तो होइन, यहाँ एटिएम मेसिन पनि चिसोले कठ्यांग्रिदा कम्बल ओढाउनुपरेको छ ।

हिजोआज भारतका गलभग सबै सहरमा चिसो बढेको छ । दिल्लीलगायतका स्थानमा त कम्तिमा सहन सक्ने नै चिसो छ । दिल्ली, कानपुर अहमदावादलगायतका स्थानमा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । उत्तरी भारतका कतिपय स्थानमा तापक्रम ० डिग्रीमा झरेको छ । कतिपय स्थानमा हिउँ परेर स्थिति ज्यादै खराब भएको छ । चिसोकै कारण एटिएम मेसिनले राम्रो काम दिन छाडेको छ । एटिएम मेसिन पटक–पटक जाम हुने समस्याले सेवाग्राहीलाई सास्ती भएको छ ।

उत्तरी भारतका धेरैजसो स्थानमा एटिम मेसिनलाई बाक्लो कम्बल ओढाइएको छ भने कतिपय स्थानमा रुम हिटर राखेर तापक्रम सन्तुलनमा राखिएको छ । दाउरा वा कोइलाले ताप दिँदा एटिएम खराब हुने भएकाले इलेट्रिक हिटरको विकल्प छैन । तर, समय–समयमा बिजुली जाने भएकाले ब्याकअप ब्याट्री र एटिएमलाई कम्बल ओढाइएको बताइएको छ ।

 

प्रतिक्रिया