लालु यादवलाई चिउरा दहीको चिन्ता !

काठमाडौं । एक भारतीय पत्रिकाले बुधबार बिहारका मुख्यमन्त्री लालुप्रसाद यादव र सिबिआई विशेष अदालतका न्यायाधीशबीचको रोचक सवाल–जवाफ प्रकाशन गरेको छ ।

पशुआहारामा भ्रष्टाचार गरेको अभियोगमा राँचीस्थित विशेष अदालतमा सुनुवाईका दौरान लालुले न्यायाधीशसमक्ष दही, चिउराबारे जिज्ञासा राखेको समाचारमा उल्लेख छ ।

पत्रिकाका अनुसार लालुले न्यायाधीशलाई भने, ‘माघे संक्रान्तीमा दहि–चिउरा खान्थेँ, अब के हुन्छ सर ? लालुको यस्तो प्रश्नको जवाफमा न्यायाधीशले भने, ‘तपाईंलाई दही–चिउराको व्यवस्था जेलमै गरिनेछ, भन्नुस् कति दही चाहिन्छ ?’ लालुले फेरि भने ‘दही–चिउराको विभाग त यादवहरूको हो । रिहा भएर जान पाए तपाईंलाई पनि बोलाउँथे ।’

प्रतिक्रिया