कैलाशबार रेष्टुरेन्टमा आगलागी, पाँचको मृत्यु

नयाँ दिल्ली, २४ पुस । दक्षिणी भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।

अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरु सोहीे बारमा कार्यरत कामदार हुन् । रेष्टुरेन्टमा आगो लाग्दा उनीहरु निदाइरहेका बताइएको छ ।

बिहीबार बिहान सबेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बार नामक रेष्टुरेन्टमा आगालागी शुरु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

कैयौँ घण्टापछि मात्र आगलागी नियन्त्रणमा लिइएको र जलेका शवलाई शवपरीक्षणका लागि अस्पतालमा लगिएको छ ।

गत हप्ता पनि मुम्बईको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएका थिए ।

प्रतिक्रिया