काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंक एघारौँ बर्ष पूरा गरि बाह्रौँ बर्ष प्रबेश गरेको अवसरमा बिगतका बर्षमा जस्तै यसबर्ष पनि विभिन्न कार्यक्रमको अयोजना गरेको छ । एघारौँ बार्षिकोत्सवको अवसरमा बैंकले शनिबार राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
“बचत गरौँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरुलगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, गणेशस्थान, घण्टाघर, रत्नपार्क, शहिदगेट, जमल हुँदै पुनः कान्तिपथमा समापन गरिएको थियो ।
बैंकले उपत्यकामा मात्र नभएर बाहिरी जिल्लाहरु नारायणघाट, नेपालगञ्ज, बुटवल, भैरहवा, लाहान, पोखरा लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो ।
एघारौँ वार्षिकोत्सव विभिन्न किसिमका ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि इन हाउस फुटसल तथा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ अन्य कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको छ ।
२०६३ पौष १८ देखि संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक ‘बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग’ अवार्डबाट सम्मानित भईसकेको छ ।
११३ शाखा, १२३ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ४ बटा एक्टेन्सन काउण्टर, ५८ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।
त्यस्तै अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आएको छ ।
प्रतिक्रिया