बालुवाटारमा शुरु भयो सर्वदलीय बैठक

काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको पाँच दलको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । बैठकमा प्रदेश प्रमुख नियुक्तिमा राजनीतिक सहमति जुटाउने तथा प्रदेशको राजधानी तोक्नेबारे छलफल भइरहेको बताइएको छ ।

राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत बैठकमा छलफल हुनेछ । निर्वाचन आयोगले माघ २५ मा राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, शशाङ्क कोइराला, कृष्ण सिटौला, राष्ट्रिय जनता पार्टीका नेताहरु महेन्द्र राय, राजेन्द्र महतोलगायत सहभागी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्य स्थितिको कारण बैठकमा सहभागी नभएको बताइएको छ ।

प्रतिक्रिया