व्यायफ्रेन्डले धोका दिएपछि कुमारित्व लिलाममा

एजेन्सी

क्यालिफोर्निया । व्यायफ्रेन्डले धोका दिएपछि एक अमेरिकी युवतीले आफ्नो कुमारित्व लिलाममा राखेकी छन् । जसले सबैभन्दा बढी मूलय लगाउने छ उसैसंग उनले पहिलो शारीरिक सम्वन्धको अनुभव लिनेछिन् ।
२३ वर्षीया बैली गिब्शनले विवाहका लागि आफ्नो कुमारित्व कायम राखेकी थिइन् । तर ,अब उनी पहिलो शारीरिक सम्वन्धको अनुभव लिलामी गर्न चाहन्छिन् । मिरर यूकेको समाचारअनुसार आफ्रलाई कुमारी नै रहेको बताउने बैलीले एक वैध वेश्यालयमार्फत भर्जिनिटी लिलाम गर्दैछिन् ।

बैलीलाई उनका बाबुआमाले धर्मपुत्री बनाएका हुन् । उनी क्यालिफोर्नियामा हुर्के बढेकी हुन् । बैलीले भनेकी छन् ‘लिलामीबाट आउने नगदले म जीवन सुधार्छु ।’ कतिपयले भने बैलीको यस्तो हरकतको विरोध गरेका छन् र भनेका छन् ‘यसले उनलाई वेश्या बनाउनेछ ।’ यस्ता आलोचकको जवाफ दिदैं बैली भन्छिन् ‘यदी म कानुनी तरिकाले पैसाको लागि शारीरिक सम्वन्ध राख्छु भने कसरी वेश्या हुन्छु ? मलाई थाहा छैन । यदी तपाई एक पल्ट फोटो खिच्नु हुन्छ भने फोटोग्राफर हुनुभयो र ?’

आफ्नो जीवन बारे बैली भन्छिन् – ‘जब म एक वर्षको थिएँ मेरी आमाले मलाई अरुको काखमा सुम्पिनु भो । त्यसपछि मलाई क्यालिफोर्नियाका एक इशाई परिवारले हुर्काए जहाँ धेरै कडा अनुशासन थियो । मलाई टिभी हेर्न, गीत सुन्न र साथी बनाउन अनुमति थिएन ।’ बैलीले भनिन् ‘जब म १६ वर्षको भएँ मलाई महिला विद्यालयमा भर्ना गरियो, जहाँ पुरुषको नामोनिशान थिएन ।’ उनकाअनुसार विसकान्सिनमा उनको भेट एउटा इशाई केटासंग भयो जसले विवाहअघि शारीरिक सम्वन्ध नराख्ने उनको शर्त मञ्जुर गर्यो ।

उनको व्ययफ्रेन्डले अघिल्लो वर्षको भ्यालेन्टाइन डेमा आफ्नो पुरानो केटीसाथीलाई भेटेको उनले तत्कालै थाहा पाइन् । बैलीले उसको केटासाथीले भेटमा पुरानो झगडामा मिलापत्र गरेर उनीहरूबीच शारीरिक सम्वन्ध भएको र अब संगै बस्ने निर्णय गरेको पनि जानकारी पाइन् । यो घटनाले दुखी भएकी बैली विवाहअघि शारीरिक सम्वन्ध नराख्ने आफ्नो फैसला गलत रहेको बताउँछिन् । उनी भन्छिन् ‘मेरो केटा साथी मेरो कुमारित्वको लायक थिएन ।’ त्यसैबेला उनले आफ्नो कुमारित्व बारे सोचिन र निर्णय लिइन् कि ‘कुमारित्व गुमाउँदा फाइदा हुने काम गर्छु ।’

प्रतिक्रिया