महिलाका अचम्म –अचम्मका सौख

एजेन्सी
संसारमा मानिसहरूको सौख पनि अचम्म –अचम्मका हुन्छन् । यस्ता अचम्मका सौख राख्नेमा पुरुषभन्दा महिला धेरै पाइएका छन् । अन्यभन्दा फरक देखिन चिनिन र चिनाउन महिलाहरूले विभिन्न हरकत गरेको बेलाबेला सुन्न र देख्न पाइन्छ । यहाँ यस्तै महिलाका अचम्मका सौखबारे चर्चा गरिएको छ ः–

बेसिन
यिनको जन्म १९ मार्च १९८३ मा जर्मनीको ह्यामवर्गमा भएको हो । यिनलाई मायरा हिल्सको नामले पनि चिनिन्छ । २७ वर्ष पार गरेकी यी एडल्ट मोडेलको स्तनको तौल लगभग १६ किलो रहेको छ । उनले लगाउने ‘ब्रा’ को साइज 32-z  हो । उनको दाबीअनुसार उनको स्तन विश्वकै ठूलो छ । उनले आफ्नो स्तन बढाउनका लागि इम्प्लान्टको सहारा लिएकी हुन् । उनको छाती ठूलो भएकाले नै उनको साइजको कपडा पाउन मुस्किल परेको छ ।

केथी जंग
यिनको जन्म सन् १९३७ मा अमेरिकामा भएको हो । यिनले आफ्नो कम्मर पातलो बनाउनका लागि १२ वर्षसम्म कारसेट (शरीरलाई सेप बनाउने) लाई शरीरबाट निकाल्दै निकालिनन् । यसले गर्दा यिनको कम्मरको साइज १५ इन्चको भयो । यिनी क्विन अफ हार्टबाट पनि परिचित छन् । अझ पातलो कम्मरबाट त यिनले विश्व रेकर्ड नै बनाएकी छन् ।

एरिका एरविन
३६ वर्षअघि अमेरिकामा जन्मेकी यिनको उचाइ ६ फुट ८ इन्च रहको छ । यिनी फिटनेस कन्सेस इभ साइज जिरोको लाग्दा झन्नै ज्यान गुमाउनुपरेको थियो । यसले यिनलाई राम्रोसँग पाठ सिकाएको थियो । आजकलव यिनी व्यक्तिगत ट्रेनर भएकी छन् । यिनले अमेरिकन हरर स्टोरी ‘फ्रिक सो’ मा आफ्नो दक्षता देखाइसकेकी छन् ।

जुलिया ग्नुसे
यिनको जन्म १८ जनवरी १९५५ मा मिसिगनमा भएको हो । सुरुमा यिनी अन्य महिलाजस्तै जिन्दगी बिताएकी थिइन् । जब उनको उमेर ३५ वर्षको भयो त्यसवेला यिनलाई परफिरिया नामक रोगबाट पीडित भइन् । यो त्यस्तो रोग हो जसले सूर्यको किरण पर्नासाथ छालामा कत्ला देखा पर्दछ र जिन्दगीभर दाग देखिन्छ । आफ्ना साथीको सल्लाहअनुसार यो दाग मेटाउन उनले ट्याटुको सहारा लिएकी थिइन् । शरीरको ९५ प्रतिशत भागमा उनले ट्याटु खोपिसकेकी छन् । यस सँगसँगै उनले विश्व रेकर्ड पनि बनाएकी छन् ।

 

 

 

आशा मन्डेला
जर्जियाको एटलान्टामा बस्ने मन्डेलाको कपालको लम्बाइ १९ फिटभन्दा पनि लामो छ । सन् २००८ मा नै लामो कपालमा विश्व रेकर्ड तोडेकी थिइन् । अचम्म त यो कुराको छ उनको यो कपाल उनले क्यान्सरलाई जितेपछिको हो । किमोथेरापीको उपचारमा पनि उनले आफ्नो कपाललाई सुरक्षित राखेकी थिइन् । उनलाई यो कपाल यति लामो बनाउन २५ वर्ष लागेको थियो । उनले आफ्नो कपाललाई सुरक्षित राख्न ड्रेडलाक्समा बाटेर राख्छिन् । उनको कपालको तौल मात्र २० किलोे छ ।

मैन्डी सेलर्स
२० फ्रेबुअरी १९७५ मा बेलायतको लंकासायरमा भएको हो । एक्ष्प्घऋब् नामक जेनेटिक म्युटेसनका कारण उनको खुट्टा असामान्य तरिकाबाट बढेको छ । उनलाई जन्मेदेखि नै यो रोग लागेको थियो । सात वर्षको उमेरमा नै डाक्टरले एउटा खुट्टा काट्ने सल्लाह दिएका थिए तर सेलर्सकी आमाले मानिनन् । किनकि, उनी चाहन्थिन् कि उनको छोरा जतिसम्म सक्छ सामान्य जीवन बिताओस् । तर, सन् २०१० मा भने उनको खुट्टा काटियो ताकि जुन किसिमले उनको खुट्टा बढीरहेको थियो त्यो रोकियोस् । खुट्टा काटिँदा पनि उनको बढ्ने क्रम भने रोकिएन ।

मारिया क्रिस्टिर्ना
मेक्सिकोकी मारिया आपूmलाई तथा विश्वलाई देखाउनका लागि उनी बलियो महिला भएकी छन् । धेरै वर्ष घरेलु हिंसा भोगेकी उनी विवाह असफल भएपछि मारियाले आफ्नो अनुहारमा ट्याटु बनाएकी थिइन् । ठाउँ ठाउँमा पिर्सिङ गरेर उनले आफ्नो निधारमा सिङजस्तो देखिने गरी इम्प्लान्टसन पनि गराइन् । ड्रयागन लेडी तथा भ्याम्पायर महिला नामबाट चिनिएकी मारिया पेसाले वकिल हुन् । उनी घरेलु हिंसामा परेका महिलालाई मद्धत गर्छिन् ।

एनेटा फ्लोरचेक
विश्वमा सबैभन्दा बलियो महिलाको रूपमा एनेटा फ्लोरचेकको नाम पनि जोडिन्छ । यिनले विश्वकै बलियो महिलाको रूपमा धेरैपटक उपाधि जितिसकेकी छन् । सन् १९८२ को पोल्यान्डमा यिनको जन्म भएको थियो । यिनले स्केटिङ जस्ता खेलकुदमा पनि भाग लिएर आफ्नो दक्षता देखाइसकेकी छन् । उनी एक वयस्क पुरुषलाई सजिलैसँग हातले उठाएर आफ्नो शिरभन्दा माथि लैजान सक्छिन् ।

ज्योति आम्गे
ज्योति आम्गे विश्वकै होची महिला हुन् । यिनको जन्म १६ डिसेम्बर १९९३ मा भारतको नागपुरमा भएको हो । यिनको उचाइ जम्मा २ फुट ६ इन्च मात्रै छ । यिनी एन्कान्ड्रप्लेजियानाम रोगबाट पीडित भएर नै यिनको उचाइ नबढेको हो । डाक्टरको भनाइअनुसार अब यिनको उचाइ बढ्नेवाला छैन । रोगबाट पीडित भए पनि यिनको शरीरको बनावट राम्रोसँग मिलेको छ । ज्योति आफ्नो उचाइमा खुसी छन् । यही उचाइका कारण उनी विश्व घुम्न पाएकी छन् । सम्मान पाएकी छन् । ज्योतिले सन् २००९ मा नै उनले होची महिलाको उपाधि पाएकी थिइन् ।

 

प्रतिक्रिया