काठमाडौं । यो वर्षको सुरुदेखि अन्त्यसम्मै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकै समाचारको शीर्ष स्थानमा रहे । संसारकै मानिसहरूको अपेक्षाविपरीत वा अमेरिकी सञ्चारसंस्थाको सर्भे विपरित उनी राष्ट्रपतिमा निर्वाचित भएर सबैलाई चकित बनाए । सन् २०१७ को जनवरी २० देखि अमेरिकाको ४५ औं राष्ट्रपतिका रूपमा सत्ता सम्हालेसंगै यो वर्षभरीनै उनी चर्चाबाट कहिल्यै ओझेल भएनन् । वर्षको अन्त्यमा आइपुग्दा ट्रम्पको नेतृत्वलाई ठूलो धक्का लागेको छ ।
इजराइलको राजधानी जेरुसेलमलाई मान्ने ट्रम्पको निर्णय अत्याधिक विवादित मात्रै बनेन्, यस निर्णयकै कारण अमेरिका बाँकी विश्वबाट एक्लिएको छ । राष्ट्र संघको महासभामा अमेरिकी निर्णयविरुद्ध विश्वले एकता देखाएको छ । यद्यपी ट्रपले आफ्नो निर्णयविरुद्ध मतदान गरे सहयोग रोक्ने चेतावनी दिएका थिए । सन् २०१६ देखिनै उत्तरकोरियाद्वारा गरिएको परमाणु परीक्षणले विश्वमै चिन्ता र चर्चाको विषय भइरहँदा ३ सेप्टेम्वर २०१७ मा गरिएको अर्को शक्तिशाली परमाणु परीक्षणले सबैको धैर्यताको बाँध भत्कायो ।
अमेरिकाको कुनै स्थान आफ्नो मिसाइलको लक्ष्यबाट टाढा नरहेको उत्तरकोरियाको दाबी छ । पछिल्लो परीक्षण शक्तिशाली भएको संसारले नै स्वीकार गरेको छ । परिक्षण गर्दा नै यसले ६ रेक्टरस्केलभन्दा बढीको भूकम्प गएको थियो, जसको कम्पन दक्षिण कोरिया र जापानले समेत अनुभव गरेका थिए । त्यसपश्चात् संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाउने निर्णय गर्दा त्यसको विरोधमा उसको सहयोगी भनेर चिनिएको चीनलेसमेत विरोध गरेन । यद्यपि, चीन आफ्नो प्रतिबद्धताविपरीत उत्तरलाई पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको अमेरिकी आरोप छ ।
तर, त्यसपछि पनि उत्तर कोरियाले परमाणु परीक्षणको धम्की दिन छाडेको छैन । फब्रुअरी १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाए । यी प्रतिबन्धमा पर्ने देशहरूमा इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमन रहेका छन् । यस घटनाको जबरजस्ती विरोध भयो । सुरुमा अमेरिकाका तल्ला अदालतले यसको विपक्षमा फैसला गरे पनि सवोच्चले ट्रम्कै पक्षमा फैसला सुनाएको छ । वर्षको अर्को दुखद् घटना म्यानमारमा त्यहाँका अल्पसंख्यक रोहिंग्या मुसलमानमाथि भएको अत्याचार हो ।
सन् २०१७ को अगस्टमा सीमा क्षेत्रमा ९ जना म्यानमारका प्रहरी मारिएपछि यसको दोष रोहिंग्यामाथि थोपर्दै सरकारले उनीहरूमाथि सैनिक परिचालन ग¥योे । सेनाले रोहिंग्या बस्तीहरूमा आगजनी गर्नुकासाथै सयौंको हत्या गरेपछि उनीहरू देश छाडेर भाग्न वाध्य भए । अहिले छिमेकी मुलुक बंगलादेशमा मात्र ६ लाखभन्दा बढी रोहिंग्या शरणार्थीले नारकीय जीवन विताइरहेको समाचार छ । रोहिंग्याको वसोवास रहेको रखाइन राज्यमा अहिले पनि मानव अधिकारकर्मीहरूलाई प्रवेश दिइएको छैन । प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गरेकी र नोवेश शान्ति पुरस्कारबाटसमेत पुरस्कृत आन साङ सुची यसकै कारण आलोचित भएकी छन् ।
सुचीको पार्टी सरकारमा छ र सूची आफैँ राज्यको सल्लाहकार छिन् । यसकै कारण सुचीको पुरस्कार खोसिनु पर्ने आवाज उठाउनेहरू पनि संसारमा अहिले बढ्दै गएका छन् । २१ नोभेम्बर २०१७ मा जिम्बाब्बेका राष्ट्रपति रोवर्ट मुगाब्बेले राजीनामा दिए । त्यहाँको संसद्मा उनीविरुद्ध महाअभियोग प्रस्तावमा छलफल हुनै लाग्दा उनको राजीनामा आएको हो । राजीनामा दुई दिनअघि उनी सैनिक नियन्त्रण रहेका थिए । उपराष्ट्रपतिलाई हटाएर आफ्नी श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेकाले सेनाले त्यसलाई रोक्न कदम चालेको बताएको थियो । उपराष्ट्रपति सैनिकहरू माझ लोकप्रिय रहेको बताइन्छ ।
लामो समय सत्तामा रहेका मुगाब्बेलाई उनको राजिनामापछि बनेको सरकारले पनि उच्च सम्मान दिने भएको छ । यसकै कारण केही दिनअघि परेको उनको जन्मदिन भव्यरूपले मनाइएको छ । यसै वर्ष २७ सेप्टेम्वरमा साउदी राजा सलमानले महिलाहरूलाई पनि सवारी अनुमती पत्र दिनुका साथै घर बाहिरका कामसमेत गर्न दिने आदेश जारी गरे । महिलाको मामलामा अलि बढी नै अनुदार रहँदै आएको साउदी अरबको यस्तो निर्णयलाई संसारभरमै स्वागत गरियो । ७ डिसेम्वर २०१४ मा अष्टे«लियाको दुवै सदनले समंलिगी विवाहलाई कानुनी मान्यता दिनेसम्वन्धि विधेयकलाई पास गरेको छ ।
गर्भनरले त्यसलाई प्रमाणिकरण गरेपछि कानुनको रूपमा लागू हुनेछ । यसअघि समलिंगी विवाहबारे अस्ट्रेलियाली कानुनमा एकरूपता थिएन । कुनै प्रान्तमा यसलाई मान्यता दिने कसैले नदिने गर्दै आएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशन २४ अक्टोबरमा भएको थियो । यो अधिवेशनले वर्तमान राष्ट्रपतिलाई थप शक्तिशाली बनाएको छ । यस महाधिवेशनले राष्ट्रपति सी जिङपिङलाई दोस्रो कार्यकालका लागि मात्र चुनेन उनलाई माओत्सेतुङपछिको शक्तिशाली राष्ट्रपति ठह¥यायो ।
अबको पाँच वर्ष शी नै पार्टी, सेना र देशको प्रमुख रहनेछन् । खासगरी चीनले लिएको ‘वान वेल्ट वान रोड’ को नीति त्यहाँको आर्थिक विकासमा कोसेढुंगा भएको चीनियाँ ठहर छ । इरान र मेक्सिकोमा गएका दुई ठूला भूकम्पले पनि यस वर्ष सबैको ध्यान आकर्षित ग¥यो । १२ नोभेम्वरमा इरानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्पका कारण ४ सय ६० भन्दा बढीको मृत्यु भएको थियो भने १२ हजार घर ध्वस्त भएका थिए । २० सेप्टेम्वरमा मेक्सिकोमा ७ दशमलव १ रिक्टरस्केलको भूकम्प जाँदा सय बढीको मृत्यु भयो भने भने अर्बाैको नोक्सानी भएको भएको थियो ।
नोभेम्वरको पहिलो साता यमनी राष्ट्रपति अब्दुरावहु मन्सुर हादी साउदी अरेबियामा नजरबन्द भएका थिए । यमनको केही भूभाग साउदी नेतृत्वको सेनाको नियन्त्रणमा रहेको छ । यमनमा हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वमा अरब सेना परिचालित छन् । यसबाट ८० हजारभन्दा बढी नागरिक प्रभावित भएको बताइन्छ । ‘प्याराडाइज पेपर्स’ ले पनि यस वर्ष तहल्का मच्चायो । ६ नोभेम्बरमा प्रकाशित समाचारमा ‘प्याराडाइज पेपर्स’ को हवाला दिँदै बेलायती महारानीको नाम उल्लेख गरियो ।
सो पेपर्समा विश्वका धनी, उद्योगपतिहरूले कसरी कर छली गर्छन् भन्ने उल्लेख गर्दै त्यस्ता केही विश्व प्रसिद्ध उद्योगपतिको नामसंगै बेलायती महारानीलाई पनि कर छलिको आरोप लगाइयो । अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । २८ अक्टोबरमा फोब्र्स पत्रिकाले प्रकाशित गरेको यस सम्बन्धि सूचीमा जेफको सम्पति ९० अर्ब ६० करोड डलर रहेको उल्लेख छ । यस वर्ष उत्तर कोरियाली परमाणु परीक्षणसँंगै त्यँहाका नेता किम जोन उनका बारेमा पनि विश्वको चासो रह्यो ।
अक्टोबरको पहिलो साता उनले आफ्नी बहिनी किम योजङलाई वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य र पूर्व प्रेमिका होन सोङ वोनलाई केन्द्रीय समितीमा बढुवा गरेको समाचार संसारभरीनै चर्चित रह्यो । अगस्टमा २८ मा चीन र भारतबीच दोक्लाम विवाद समाप्त पार्ने सहमति भयो यो विवादपछि दुई महिनासम्मको दुवै देशबीचको तनाव समाप्त भएको थियो । चीनले दोक्लाम क्षेत्रमा सडक बनाउन लागेपछि भारतले सो क्षेत्र भुटानको भएको भन्दै त्यसलाई रोक्न आफ्ना तीनहजार बढी सैनिक सो क्षेत्रमा तैनाथ गरेपछि विवाद चुलिएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द् मोदीले आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा यो सहमति गरेका थिए । २५ सेप्टेम्वर २०१७ मा जर्मन चान्र्सलर एगेंला मर्केल चौथो कार्यकालका लागि निर्वाचित भइन् । यस वर्षकी विश्वकै चर्चित महिला मध्ये एक मानिएकी मार्केल त्यसपछि पनि निरन्तर चर्चामा छिन् । भारतीय धर्म गुरुहरू पनि यस वर्ष चर्चामा रहे । हरियाणाको हिसारमा मुख्य आश्रम रहेको ‘डेरा सच्चा सौदा’ का प्रमुख गुरमित रामरहिम सिंहलाई २५ अगस्तमा अदालतले बलात्कारी ठहर गर्दै काराबासको सजाय सुनायो ।
अदालतको यो फैसलापछि भड्किएको हिंसामा १० जनाको ज्यानसमेत गएको थियो । त्यसपछि पनि भारतीय बाबाहरूका एकपछि अर्को यौन दुव्र्यवहारका घटना सार्वजनिक भएका छन् । हालै मात्र दिल्लीमा आध्यात्मिक विश्वविद्यालय नामको आश्रम सञ्चालन गरेका बाबालाई यौन दुव्र्यवहारको आरोप लागेको छ । ८ अगस्टमा केन्यामा राष्ट्रपति निर्वाचनमा उहुरु केन्याटा विजयी भए । सो निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा परेको मुद्दामा अदालत बदर गरी सेप्टेम्बर २६ मा पुन: निर्वाचनको आदेश जारी ग¥यो ।
पुन: भएको निर्वाचनमा पनि उहुरु नै विजयी भए । भ्रष्टाचारको अभियोगमा अदालतले अयोग्य ठहर गरेपछि २८ जुलाईमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिए । सरिफपछि मुस्लिम लिगले सरिफकै भाई शहवाज सरिफलाई प्रधानमन्त्री प्रस्ताव ग¥यो । उपमुख्यमन्त्री बनाइएको लालु यादवका कान्छा छोरा तेजस्वी यादवसँग राजनीतिक टसल बढेपछि भारत बिहारका मुख्यमन्त्री नीतिशकुमारले २६ जुलाईमा पदबाट राजीनामा दिए । भारतीय जनता पार्टीको समर्थनमा उनी भोलिपल्टै पुनः मुख्यमन्त्री भए ।
यस वर्ष दार्जिलिङ क्षेत्रमा नेपाली भाषीले गोर्खाल्यान्डको माग गर्दै गरेको लामो आन्दोलन, उत्तर कोरियाली नेता किमका दाजु किम जाने नामको मलेसियामा भएको हत्या, फ्रान्सको राष्ट्रपतिमा ३७ वर्षीय एम्मानुयल मार्कोन निर्वाचित भएको घटना चर्चित रह्यो । यसबाहेक पनि भेनेजुयलामा भएको संविधानसभा निर्वाचन विवाद यस वर्षका चर्चित घटनामा पर्दछन् । जुन अद्यपि कायम छ । दक्षिण यसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को यसै वर्ष पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलन रोकिएको छ । भारत र पाकिस्तानको विवादका कारण रोकिएको यो यो वर्षको अन्त्यसम्मै हुन सकेन । प्रस्तुति : ईश्वरी काफ्ले
प्रतिक्रिया