सौर्य समचार
काठमाण्डौ, १५ पुस । दुई महिना अघि मात्रै बैबाहिक जिवनमा बाँधिएकी भारतकी चर्चित कमेडीयन एवं कलाकार भारती सिंह पछिल्लो समय पारिवारिक समयमा ब्यस्त छिन् । उनले आफनो प्रेमी हर्ष लिम्बाचियासंग लामोसमयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेकि हुन् ।
भारतीले आफनो करियरमा निकै संघर्ष गरेकीछिन् सोही कारण पनि भारतमा कम कमेडीयन महिलाहरुमा भारती सबैभन्दा चर्चित छिन् ।
भारतीय टेलिभिजनका लागि भारती नै पहिलो त्यस्ती कमेडीयन महिला हुन जसको डिमाण्ड शो देखि लिएर अवार्ड कार्यक्रमहरुमा पनि हुने गर्छ । तर,धेरैलाई थाहा नहुन सक्छ भारतीको नेपालीसंग पनि कनेक्सन रहेको छ ।
भारतीको बुवा नेपाली हुन् भने आमा पञ्जावी समुदायकी हुन् । थोरै थोरै नेपाली बोल्न पनि सक्ने भारतीको नेपालमा पनि निकै लोकप्रियता रहेको छ । टेलिभिजनहरु निकै बोलवाला रहेकी भारतीको बलिउडमा भने त्यती पहुँच पुग्न सकेको छैन् ।
प्रतिक्रिया