ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १४ पुस । पाडाजुँगी-गौरादह सडकखण्डमा शुक्रबार दिउँसो ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे१त ४५०१ नंको ट्याक्टरले ठक्कर दिएको प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया