बागलुङ, १३ पुस । ‘मिनरभा एजुकेशनल फाउण्डेशन’ले यहाँस्थित धवलागिरि बहिरा आवासीय माविमा अध्ययनरत २३० जना विद्यार्थीलाई न्यानो पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको छ ।
बहिरा विद्यार्थीको पठनपाठन र दैनिकीमा सघाउ पुर्याउन फाउण्डेशनले रु तीन लाख बराबरको सामग्री निःशुल्क वितरण गरेको हो ।
फरक क्षमता भएका विद्यार्थीको शैक्षिक स्तर सुधारका लागि सहयोग गर्ने गरिएको फाउण्डेशनका संस्थापक मोनिका पौडेलले बताइन् ।
“बहिरा लगायतका सबै खाले फरक क्षमता भएका व्यक्तिप्रति समाजले हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ”, उनले भनिन्, “समान अवसर र गुणस्तीय जीवनयापनका लागि उनीहरुलाई सहयोगको खाँचो छ ।”
फाउण्डेशनले विद्यालयप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनीय रहेको विद्यालयका संस्थापक केवी रानामगरले बताए । नमूना बहिरा विद्यालयका रुपमा परिचित यस विद्यालयमा बहिरा विद्यार्थीले आवासीय सुविधासहित निःशुल्क पढ्ने अवसर पाएका छन् ।
प्रतिक्रिया