काठमाडौं । नेकपा एमालेले प्रदेशसभाको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको छ । समानुपातिकमा ७५ सिट जितेको एमालेले ३३ प्रतिशत महिला पु¥याउन चार जना मात्र पुरुषलाई सिफारिस गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिकमा प्रतिनिधित्व गर्ने ७५ जनाको सूचीको अन्तिम टुंगो लगाएको छ । खस–आर्य, आदिवासी, दलित, मधेसी पिछडिएको वर्ग लगायतको नाम सांसदका लागि सिफारिस गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रदेश १ बाट १५, प्रदेश २ बाट ८, प्रदेश ३ बाट १६, प्रदेश ४ बाट १०, प्रदेश ५ बाट १३, प्रदेश ६ बाट ६ र प्रदेश ७ बाट ८ जनाको नाम समानुपातिकतर्फ चयन भएको छ । ७५ मध्ये चार जनाले पुरुषले मात्र सांसद हुने मौका पाएका छन् । जसमध्ये, प्रदेश २ बाट रवीन्द्र बैठा धोवी, डा. मनोजकुमार सिंह तथा प्रदेश ५ बाट चन्द्रमोहन गौचन र मायानाथ अधिकारी छन् । प्रदेशसभामा महिलाको अनिवार्य ३३ प्रतिशत पु¥याउनुपर्ने भएपछि समानुपातिकबाट अधिकांश महिला सांसदमा चुनिएका हुन् ।
स्थायी समितिले निर्णय भएका नामको प्रमाणीकरण गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । टुंगो लागेको सूची शुक्रबार निर्वाचन आयोगमा बुझाउने सचिव ज्ञवालीले बताए । आयोगले एक साताअघि प्रदेशसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्दै एक साताभित्र बन्दसूचीमा रहेका नामबाट सिफारिस गर्न दलहरूलाई पत्र लेखेको थियो । प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ १ सय ६८ जना निर्वाचित भएका थिए भने समानुपातिकतर्फ ७५ जना गरी २ सय ४३ जना सदस्यले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् ।
प्रदेश नं १ः
१. विनादेवी राई
२. सावित्री जोशी
३. उषाकला राई
४. कृष्णकुमारी राई
५. पदमकुमारी गुरुङ
६. होमकुमारी साँवा
७. आशारत्न जबेगू
८. यशोदा अधिकारी
९. अम्बिका थापा
१०. सरिता थापा
११. सावित्राकुमारी रेग्मी
१२. सुनीताकुमारी चौधरी
१३. जसमाया गजमेर (विश्वकर्मा)
१४. वसन्तीदेवी यादव
१५. गुलेफुन मियाँ
प्रदेश नं २.
१. सीता गुरुङ
२. रवीन्द्र बैठा धोवी
३. डा. मनोजकुमार सिंह
४. जकतारैनदेवी सुडिन साह
५. अनीताकुमारी यादव
६. मञ्जुकुमारी यादव
७. हसिमा खातुन
प्रदेश नं ३
१. बेलीमैया घले
२. जुनेलीमाया श्रेष्ठ
३. सरस्वती बाटी
४. शान्ति थिङ
५. देवकी श्रेष्ठ (वान्तवा)
६. इन्द्रमाया गुरुङ
७. सीता लामा
८. आशमाया तामाङ
९. उर्मिला कर्माचार्य
१०. रचना खड्का
११. मुनु सिग्देल
१२. सरस्वती बस्नेत
१३. गोमा भुर्तेल
१४. मीना ज्ञवाली (नेपाल)
१५. पार्वती सिलवाल
१६. मैना अछामी सार्की
प्रदेश नं ४
१. चन्द्रमोहन गौचन
२. मित्रकुमारी गुरुङ सुवेदी
३. सावित्रा राना
४. मीना गुरुङ
५. मायानाथ अधिकारी
६. सिर्जना शर्मा
७. प्रभा कोइराला
८. पुष्पा केसी भण्डारी
९. लक्ष्मी सुनार
१०. जुनादेवी नेपाली
प्रदेश नं ५
१. रमा घर्ती
२. थानकुमारी थापा चापागाईं
३. विमला शर्मा पन्थी
४. सरस्वती गौतम
५. जालपा भुसाल
६. भगवतीदेवी भण्डारी
७. कृष्णी थारू
८. धमकली चौधरी
९. कमलादेवी बिक
१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार
११. सुनीताकुमारी ठठेर
१२. चिन्तावती कुर्मी
१३. फौजिया नसिम
प्रदेश नं ६
१. मीनासिंह रखाल
२. बदमी क्वारी बोहोरा
३. पद्मा खड्का
४. देवी ओली
५. कौशिलावती खत्री
६. राजु नेपाली
प्रदेश नं ७
१. माया भट्ट
२. मनाकुमारी साउद
३. पूर्णा जोशी
४. माया तामाङ बोहरा
५. सुशीला बुढाथोकी
६. चुनकुमारी चौधरी
७. अर्चना गहतराज
८. दुर्गा बिक
प्रतिक्रिया