प्रधानमन्त्री देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा धेरै हारको परिणाम व्यहोरेको कांग्रेसको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । शुक्रबार विहान ८ बजे बालुवाटारमा बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकमा प्रदेशका समानुपातिक सदस्य चयन लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

प्रतिक्रिया