तनहुँ, १२ पुस । क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पुर्याउन मंगलबार रु ५२ हजारको चेक हस्तान्तरण गरिएको छ ।
शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो ।
जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी र नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले क्यान्सरबाट पीडित शिक्षकको परिवारलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
शिक्षक पोख्रेल चार वर्षदेखि क्यान्सरबाट पीडित रहँदै आएका छन् । उपचारका लागि उनको आर्थिक अवस्थाले नभ्याएपछि शिक्षक कल्याणकारी कोषबाट रकम सहयोग गरिएको हो ।
सो अवसरमा जिल्ला शिक्षा अधिकारी भण्डारीले शिक्षक कल्याणकारी कोष स्थापना भएपछि गरिब र रोगका कारण पीडित बनेका शिक्षकलाई उपचारमा राहत मिलेको बताए ।
कोषको स्थापना भएपछि बिरामी परेका शिक्षकलाई उपचारमा राहत मिल्दै गएकोे बताइएको छ ।
प्रतिक्रिया