अमेरिकी उपराष्ट्रपति अफगानिस्तान भ्रमणमा

काबुल, ७ पुस । अमेरिकाका उपराष्ट्रपति मिक पिन्स क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकी सैनिकसँग भेटघाटका लागि अफगानिस्तान पुगेका छन् ।

भ्रमणको क्रममा उपराष्ट्रपति पिन्सले बिहीबार राति अफगान राष्ट्रपति असरफ घानीसँग भेटघाट गरी विभिन्न पक्षमा छलफल गरेको एक स्रोतले बताएको छ ।

उनीहरुबीच काबुल र वासिङटनबीचको सामरिक साझेदारी, अफगानिस्तानको सुरक्षा लगायतका उपयोगी विषयमा छलफल भएको बताइएको छ ।

आतङ्कवादले तहसनहस पारेको देश अफगानिस्तानमा उच्चस्तरीय विदेशी अधिकारीहरु अघोषित रुपमा भ्रमण गर्ने गर्दछन् ।

प्रतिक्रिया