तिवारी यादव
वीरगञ्ज, ६ पुस । वीरगञ्जलाई प्रादेशीक राजधानी बनाउन माग गर्दै बुधबारबाट वीरगञ्जमा संघर्षका कार्यक्रम शुरु भएको छ ।
‘वीरगञ्ज संघर्ष समिति’ नाम दिएर बुधबारबाट वीरगञ्जलाई २ नम्बर प्रदेशको राजधानी बनाउन विभिन्न दवावमुलक कार्यक्रम गर्न लागिएको संघर्ष समितिका सदस्य एवं नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले बताए ।
उनले भने, “प्रदेश नम्बर २ को राजधानी बनाउनने उपयक्त ठाउँ वीरगञ्ज भएका कारण वीरगज नै हुनुपर्छ ।”
मधेस आन्दोलनको केन्द्र बिन्दुसमेत भईसकेको र वीरगञ्ज बाहेक अरु ठाँउ उपयुक्त नरहेको कारण बारा, पर्साको युवाहरुले एकजुट भएर आवाज उठाइ दबाब दिने गरेको बताए ।
संघर्षको कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन वीरगञ्जमा दबाबमुलक र्यालीको आयोजना गरिएको थियो भने दोश्रो दिन बिहिबार पनि प्रदर्शन गरीएको छ ।
विहिबार वीरगञ्जको घण्टाघरबाट शुरु भएको र्यालीले वीरगञ्ज महानगरपालिका परिक्रमा गरेको सिंहले जानकारी दिए ।
संघर्ष समितिका अर्को सदस्य प्रभाकर गुप्ताले भने,“वीरगञ्ज देशको आर्थिक नगरी हो । यहाँ सम्पूर्ण किसिमको श्रोत साधन भएका कारण यहाँ नै राजधानी हुनु पर्छ भनि हाम्रो माग रहेको छ ।”
प्रतिक्रिया