देउवाको पतन ओलीका लागि शिक्षा बन्ला ?

-न्हुंछेनारायण श्रेष्ठ  सररिर्ती हेर्दा नेपाली कांग्रेसले चुनाव हार्नुका दुई वटा कारण देखिएका छन् । पहिलो कारण हो– पहिलो शक्ति एमाले र तेस्रो शक्ति माओवादीबीचको चुनावी तालमेल । दोस्रो कारण हो– सत्तालोलुपता र सत्ताउन्माद । विगतमा दुई–दुईपटक जनताले कांग्रेसलाई बहुमत दिए तर कांग्रेसकै कारण यी दुवै संसद् विघटन भए ।

कुकुरलाई घिउ र कांग्रेसलाई बहुमत पच्दैन भन्ने उखान चरितार्थ भयो । सांगठनिक कमजोरी, रणनीतिक अभाव, पार्टी सञ्चालन गर्ने तरिका पुरानै हुनु, वामपन्थीप्रति संकीर्ण सोचका कारण नेपाली कांग्रेसलाई जनताले पत्याउन सकेनन् । प्रजातन्त्रका लागि लडेको पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसले हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेससभामा नराम्ररी हार व्यहोर्नु बाह्य कारण मात्रै होइन ।

समानुपातिकमा भने दोस्रो हुन पुगेको छ । एमालेसँगको मतान्तर खासै ठूलो छैन । जनताले नरुचाएको भन्दा पनि आफ्नै व्यवस्थापकीय कमजोरीले कांग्रेस यो हालतमा पुगेको पुष्टि भएको छ । देशमा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संघीय संसद् र प्रदेससभाको कार्यान्वयनका लागि नेपाली कांग्रेसलगायत, नेकपा एमाले, माओवादी केन्द्रलगायत अन्य दलहरूको महत्वपूर्ण भूमिका रहेको कुरा कहिल्यै बिर्सनु हुँदैन ।

नेपाली कांग्रेसभित्र गुट–उपगुटको गलत राजनीति, आइजिपी नियुक्ति काण्ड, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव, प्रधान्यायाधीश सुशीला कार्कीविरुद्घको महाअभियोग प्रस्ताव प्रकरण, राजदूत नियुक्ति प्रकरण, नाताबाद, कृपावाद र परिवादवाद, भूकम्प पीडितलाई उचित राहत घरनिर्माणमा पहल नगरी कार्यकर्ता भर्तीकेन्द्र बनाउनु, भारतीय नाकाबन्दीप्रति मौनता साँधेकै कारण नेपाली कांग्रेस गरेको कार्य गलत भएकै कारण नेपाली कांग्रेस आम जनता माझ कमजोर हुनुपुग्यो ।

त्यसैगरी, मधेसका एजेन्डा बोक्नु तर मधेसी दललाई विश्वासमा लिननसक्नु, पार्टी सञ्चालन र टिकट वितरणमा समेत पारदर्शी नहँुदा नेपाली कांग्रेसले पराजय भोग्नुप¥यो । नेपाली राजनीतिबृतमा नेपाली कांग्रेसको आफ्नै उच्च स्थान रहँदै आएको छ । महान नेता विपी कोइरालाको लक्ष्य लोकतन्त्र प्राप्ती नै थियो । हालै भएको तीनै चरणको निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित जित निकाल्न सकेन् ।

वि.सं. २००७ सालको क्रान्ति, ०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको पहिलो जनआन्दोलन र २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनबाट लोकतन्त्र प्राप्तिका लागि महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस अहिले खुम्चिएको छ । नेपाली जनताहरूले नेपाली कांग्रेसले सातवटै प्रदेशमा प्रदेश सरकार बनाउन सक्ने सिटसमेत ल्याउन सकेको छैन् । यस अर्थमा नेपाली कांग्रेसले अबका दिनमा पार्टीभित्र हारको समीक्षा गर्दै अघि बढ्नुको विकल्प देखिँदैन ।

०४८ सालपछि सम्पन्न भएको पाँच वटा आमनिर्वाचनमा ०४८ र ०५६ मा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो तर नेपाली कांग्रेसको आन्तरिक खिचातानीका कारण संसद् विघटन गरियो । ०५१, ०६४ र ०७० सालमा भएको निर्वाचनमा कुनै पनि राजनीतिक दलहरूले स्पष्ट बहुमत ल्याउननसक्दा संसद्मा नौ–नौ महिनामा सरकार परिवर्तन हुने र संसद् किनबेच हुने दूषित खेलका कारण मुलुकमा अस्थिरताले प्रश्रय पाएकै हो ।

हालै भएको ०७४ मा संविधानमै व्यवस्था भएअनुरूपको भएको आमनिर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनले प्रतिनिधिसभा, प्रदेशससभामा स्पष्ट बहुमत प्राप्त गर्दै यसअघि भएका दूषित राजनीतिक खेल र संक्रमणकालको अन्त्य गर्दै जनमत र जनभावनाको कदर गर्दै समृद्घि र विकासलाई टुङ्गोमा पु¥याउनका लागि वाम गठबन्धनले विजयी गरेको छ । अवश्य पनि यो समाचार आम नागरिकहरूका लागि सुखद नै रहेको छ । वाम गठबन्धन अहिले स्थीर सरकार निर्माणको पथमा अघि बढिरहेको छ ।

नेपाली कांग्रेसले संसद् र प्रदेससभामा नराम्ररी हार व्यहोरिसकेपछि पनि कर्मचारी नियुक्ति गर्ने जस्तो घृणित खेल खेल्न व्यस्त छ । नेपाली कांग्रेसलाई तीन–तीनपटक नेपाल र नेपालीहरूको उन्नति–प्रगति होस् भनेर नेपाली नागरिकहरूले बहुमतसमेत नदिएको होइन् तर अफसोच, नेपाली कांग्रेसको नेतृत्व गर्ने पंक्तिले जनमतको उपहास गर्दै क्षणिक राजनीतिक स्वार्थका लागि बहुमतको नाममा तानाशाही लाद्ने प्रयास गरेकै कारण आम निर्वाचनमा पराजय भोग्नुप¥यो ।

कांगेस नेतृत्वले निर्वाचनताका टिकट वितरणमा नातावाद, कृपावाद, परिवादवादलाई प्राथमिकता दिनु पनि गलत थियो । एमालेको बहुदलीय जनवादको एजेन्डाका सामु कांग्रेसको आफ्नो पहिचान र बिचार समेत स्पष्ट पार्ननसक्नु र वाम गठबन्धनभन्दा के कुरामा फरक छ भनेर आमनागरिकहरूलाई बुझाउननसक्नु नेपाली कांग्रेसको कमजोरी नै हो । ०४७ सालपछि नेपाली वामपन्थीहरू कहिले जुट्ने र कहिले फुट्ने क्रम जारी नै रह्यो र त्यही कारणले नेपालमा विकास हुन सकेन ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डबीच राजनीतिक सहमति गरी वाम गठबन्धन गर्ने र पार्टी एकीकरणसमेत गर्ने घोषणा सँगसँगै नेपाली कांग्रेस एकाएक विचलन हुनपुग्यो र दक्षिपन्थी राजावादी मानिएको राप्रपा, राप्रपा नेपालसँग साँठगाँठ गर्दै लोकतान्त्रिक गठबन्धनको घोषणा गर्नुले मात्रै समस्या समाधान हुननसक्ने हुनाले आम नागरिकहरू सन्तुष्ट हुन सकेका थिएनन् । प्रजातन्त्र र लोकतन्त्रको सच्चा पहरेदारी नेपाली कांग्रेसले मात्रै गर्न सक्ने, वामपन्थी गठबन्धन तानाशाही भएकोले एकतन्त्रीय शासन आउने, वामपन्थी गठबन्धन आयो भने अधिनायकवाद आउने, निरंकुशता आउने, लेख्न, बोल्न, हिँडडुल गर्न नपाइने भन्नेजस्ता मिथ्या हल्लाका पछाडि नागरिकहरू लागेनन् र ती विषयहरू पत्याउन लायकै पनि थिएनन् ।

वाम गठबन्धनले संयुक्त रूपमा समाज रूपान्तरण र देश विकासका साथसाथै समृद्घि र विकासका लागि घोषणापत्र तयार मात्रै गरेनन् स्थानीय निकायहरूसम्म माओवादी केन्द्र र नेकपा एमालेका नेता कार्यकर्ताहरू बीच एकता गर्दै चुनावमा वाम गठबन्धलाई विजयी गराउनका लागि घरदैलो सभासम्मेलन लगायतका कार्यक्रमहरू गरे । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू वाम गठबन्धनलाई सहजै हराएर आफू विजयी हुने दिवास्वप्नमा मात्रै लागिरहे । वाम गठबन्धनको जग भन्नु नै स्थानीय तल्ला एकाइ, जिल्लाका कार्यकर्ताहरूको संगठन मजबुत हुनु हो ।

वाम गठबन्धन हुनुपूर्वसमेत नेकपा एमालेको जनवर्गीय संगठन, पार्टी संगठन केन्द्रदेखि गाउँ–गाउसम्म सक्रिय र चलायमान नै थियो भने माओवादी केन्द्रको पनि त्यस्तै थियो तर नेपाली कांग्रेसको स्थानीय निकायसम्म संगठन भए पनि संगठन नाम मात्रैको थियो । नेपाली कांग्रेसका कैयन स्थानहरूमा बागी उम्मेदवारका कारणले गर्दा पार्टीका शीर्षस्थ नेताहरूले हार व्यहोर्नुप¥यो । कांग्रेसभित्रको चरम गुटबन्दी र बागी उम्मेदवारका साथसाथै उम्मेदवार चयन सही हुन नसक्नु हार्नुको अर्को कारण थियो । तर, वाम गठबन्धनबाट बागी दिएकाहरूलाई समयमै पार्टीले बागी उम्मेदवार फिर्ता लिन लगायो र बागी उम्मेदवारहरू समेत निर्वाचनमा खटिए ।

तर, नेपाली कांग्रेसले आफ्ना बागी उम्मेदवारहरू फिर्ता लिन सकेन र आन्तरिक द्वन्द्व र अन्तर्घातका कारण नेपाली कांग्रेस थचिनुप¥यो । कतिपयले त वाम गठबन्धन नाटक भएको, चुनाव पछि फुट्ने, बहुमत नआउने, माओवादीको नियत गलत भएको पार्टी, माथि गठबन्धन भए पनि स्थानीय तहमा हुन नसक्ने, अन्तर्घात हुँदा नेपाली कांग्रेसले सहजै जित्ने, उखानटुक्का भनेजस्तो नहुनेजस्ता गंम्भीर आरोपहरू नेपाली कांग्रेसले गरेको थियो । देशव्यापी रूपमा निर्वाचन कार्यक्रमहरूमा प्रायस नेपाली कांगे्रसका नेता कार्यकर्ताहरू सबैले नेपाली कांग्रेसले योपटकविना एजेन्डा वाम गठबन्धनसँग प्रतिस्पर्धामा उत्रँदा र नेतृत्व कमजोर हुँदा नराम्ररी हार खानुप¥यो ।

चुनावकै अगाडि राजधानीभित्रै दिनदहाडै गोली चल्नु, भ्रष्टाचार, कालाबजारीयाहरूको बिगबिगी हुनु र नागरिकहरूको चाहना र इच्छाविपरीत मन्त्रीमण्डल इतिहासमै जम्बो बनाउनु, युवाहरूलाई रोगजार दिन नसक्नु, उद्योगधन्दा खोल्न नसक्नु नेपाली कांग्रेसको कमीकमजोरी नै थियो । वाम गठबन्धनको विजयी हुनुको मुख्य कारण वामपन्थीहरूको नारा बिक्नु, वामपन्थीहरूको आकर्षक चुनावी अभियान, अस्थिरताबाट मुलुकलाई स्थिरता दिनसक्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रहरूमा केपी ओलीले राखेको स्पष्ट अडानका अलावा संगठन बलियो रूपमा सञ्चालन हुनु नै हुन् ।

बिपी, गणेशमानले जोगाएको नेपाली कांग्रसको साख उनीहरूको पालामा सोह्रै आना सकारात्मक र जनमुखी थिए । सोक्रम बिस्तारै अपभ्रंस हुँदै कृष्णप्रसाद भट्टराईको पालामा आइपुग्दा ८ आनामा सीमित रह्यो भने गिरिजाप्रसाद कोइरालाको पालामा आइपुग्दा चार आना बाँकी रहेको थियो बाँकी रहेको चार आना शेरबहादुर देउवाको पालामा सकिएको भनेर राजनीतिक विश्लेषकहरूले बताइरहेका छन् । कांगेंस आफ्नो बिपी पथबाट बिचलित नभई पार्टी सञ्चालनमा देखिएका कमीकमजोरी नेतृत्वले सुधार्नुपर्ने कुराहरू समयमै सुधार गरी निर्वाचनमा हार हुनुको समीक्षा गरी आन्तरिक रूपमै सुदृढ हुनु आवश्यक छ ।

 

प्रतिक्रिया