काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा बैंकले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हाे ।
बैंकको मंगलबार बसेको विशेष साधारणसभाले टुरिजमसँग मर्जरमा जाने प्रस्ताव पारित गरे लगत्तै टुरिजम डेभलपमेन्ट बैंक मेगासँग मर्जरमा जान सहमत भएको छ ।
मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकबीच स्वाप रेसियो १०० बराबर ९५ तय भएको छ ।
प्रतिक्रिया