विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

इलाम, ४ पुस । इलाम नगरपालिका-१ साँखेजुङका एक समाजसेवीले नेपालटार माविमा रु एक लाखको अक्षयकोष खडा गरेका छन् ।

हाल इलाम नगरपालिका-९ मा स्थायी बसोवास गर्दै आएका यामबहादुर गुरूङले आफना स्वर्गीय हजुरबुबा मनिराज गुरूङ र हजुरआमा मनमाया गुरूङको स्मृतिमा सोमबार रु एक लाखको ‘मनि-मनमाया अक्षय कोष’ खडा गरेका हुन् ।

ब्रिटिस सेनामा कार्यरत गुरूङले विद्यालयको भौतिक संरचना निर्माणका लागि रु २५ हजार सहयोग पनि गरेका छन् ।

अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट आएको रकमले हरेक वर्ष विद्यालयका उत्कृष्ठ एवं गरिब-जेहेन्दार दुईजना विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

यसैगरी उनले इलाम नगरपालिका-१० गोदक माइभगवती वद्धाश्रममा रहेका वृद्धवृद्धालाई जाडोमा ओड्ने लत्ताकपडा तथा जुत्ता चप्पल र खाद्य सामग्री पनि उपलब्ध गराएका छन् ।

प्रतिक्रिया