विश्व

अमेरिकी विदेशमन्त्री टिलर्सन क्यानाडा जाँदै

सौर्य अनलाइन २०७४ पुष ४ गते १४:२२ मा प्रकाशित

वासिङटन, ४ पुस । अमेरिकी विदेशमन्त्री टिलर्सन मङ्गलबार क्यानाडाको भ्रमण जान लागेको समाचार छ ।

उनी अमेरिकाको विदेशमन्त्री भएपछि पहिलो पटक उक्त देशको भ्रमणमा जान लागेको अमेरिकी विदेशमन्त्रालयले जानकारी दिएको छ ।

अमेरिका र क्यानाडा बीचको सम्बन्धमा पछिल्लो समयमा केही असमझदारीहरुको विकास भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको यो भ्रमण सुरु हुन लागेको छ ।

नर्थ अमेरिकी फ्रि ट्रेड एसोसिएसन (नाफ्टा) को कारण पछिल्लो समयमा यी दुई देशबीचमा पनि असमझदारी विकास भइरहेको छ ।

नर्थ अमेरिकी फ्रि ट्रेड एसोसिएसन (नाफ्टा) को विषयमा क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाकाबीच पछिल्लो समयमा असमझदारीको विकास भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले उक्त व्यापार सम्झौतामा संशोधन चाहेको बताउँदै आएका छन् ।

तर त्यसमा मेक्सिको र क्यानाडा भने विनाशर्त सहमत हुन सकिरहेका छैनन् ।

उनीहरुले अमेरिकासँग विकसित पछिल्लो परिस्थितिको बारेमा थपा वार्ता चाहेको र त्रिपक्षीय समर्थनबाट मात्र यो सम्भव रहेको बताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय