भारत च्याम्पियन

काठमाडौं । भारतले दोस्रो दक्षिण एसियाली ग्रेप्लिङ च्याम्पियनसिपको उपाधि आइतबार जितेको छ । भारतले जम्मा ५७ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणमा पनि भारत नै च्याम्पियन बनेको थियो ।

नेपाल ग्रेप्लिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल ३८ स्वर्णसाथ दोस्रो भयो । सामाखुसीमा भएको २ दिने प्रतियोगितामा नेपालबाट ९५ र भारतबाट १ सयगरी जम्मा १ सय ९५ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया