सुदर्शन सम्मानित

काठमाडौं । सृजना ज्ञान सागर तेक्वान्दो डोजाङले चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापामगरलाई सम्मान गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा डोजाङ प्रमुख फिरोज श्रेष्ठले नेपालमा तेक्वान्दो खेल विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

तारकेश्वर नगरपालिकास्थित गोलढुंगा लोलाङ–४ मा रहेको सृजना ज्ञान सागर स्कुलका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले डोजाङको प्रगति र विकासका लागि सहयोग पु¥याएकाले कदरस्वरुप सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

एनआरएन मकाउका पूर्वअध्यक्षसमेत रहेका थापामगर तेक्वान्दोका पूर्वखेलाडी हुन् । डोजाङ प्रमुख श्रेष्ठले खेलाडीको हौसलाका निम्ती पूर्वखेलाडी दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको बताए ।

प्रतिक्रिया