समानुपातिकको मतगणना सम्पन्न, राजपा र विवेकशील थ्रेस होल्ड कटाउन असफल

काठमाडौं, २ पुस । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । सम्पन्न मतपरिणाम अनुसार एमाले पहिलो दल भएको छ ।

निर्वाचन आयोगका अनुसार नेकपा एमाले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएर पहिलो दल बनेको छ ।

नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ९८ मत ल्यायो भने नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मतका साथ तेस्रो दल भएको छ ।

राजपाले ४ लाख ७२ हजार २ सय ५४ मत र संघिय समाजवादी फोरम ४ लाख ७० हजार २ सय १ मत ल्याएका छन् । राजपा नेपाल र विवेकशिलले थ्रेसहोल्ड कटाउन सकेनन् ।

प्रतिक्रिया