फ्रान्समा रेल दुर्घटना, ४ बालबालिकाको मृत्यु

फ्रान्स, २९ मङसिर । दक्षिण फ्रान्समा बिहिबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा परेको यस बसमा फ्रान्सको मिललास्स्थित एक निम्न माध्यमिक विद्यालयका करिब २० विद्यार्थी बोकेर गइरहेको बताइएको छ ।

सो दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिललास् सहरबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने स्थानमा भएको थियो । बस नराम्ररी क्षतिग्रस्त भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

फ्रान्सको ब्लुउ प्रान्तको एक क्षेत्रीय रेडियोका अनुसार रेलले बसलाई ठक्कर दिएको थियो । दुर्घटनास्थलबाट उद्धारको लागि करिब ९५ जना उद्धारकर्ता र चार वटा हेलिकोप्टरको प्रयोग गरिएको जनाइएको छ ।

फ्रान्सका प्रधानमन्त्री एडवार्डा फिलिप पनि सो बस दुर्घटना भएको क्षेत्रमा पुगेका थिए । उनले घाइतेको राम्रो उद्वार र उपचारका लागि निर्देशन दिएका छन् ।

प्रतिक्रिया