लक्ष्मी बैंकको साधारणसभा सम्पन्न


काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट पारित बोनस सेयर जारी भए पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड पुगेको बैंकले जनाएको छ ।

साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष ०७३÷७४ को बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ । बैंकले आव ०७३÷७४ मा ५९ दशमलव ३२ अर्ब निक्षेप ५२ दशमलव ७३ अर्ब कर्जा पु¥याएको छ, भने बैंकको वासलातको आकार ७० अर्ब रहेको छ ।

बैंकले रिटेल, कर्पाेरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा दिइरहेको छ । लक्ष्मी बैंकको इन्भेस्टमेन्ट बैंकिङ सेवा प्रदान गर्न लक्ष्मी क्यापिटल मार्केट लि. र लक्ष्मी लघुवित्त वित्तीय संस्था सहायक कम्पनीको रूपमा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया