मुख्यमन्त्रीमा आङबोको दाबी

पाँचथर, २९ मंसिर । वाम गठबन्धनको तर्पmबाट नवनिर्वाचित प्रदेश नं १ का सांसद इन्द्रबहादुर आङबो लिम्बूले मूख्यमन्त्री दाबी गरेका छन् । वामगठबन्धन दुई दलबीचको सहमतिमा निर्माण भएकाले पाँचथर क्षेत्र नं–२ बाट निर्वाचित आङ्बोले नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री आपूmले पाउनुपर्ने बताए । उनी भद्र, शालीन, र पार्टीका प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

वाम गठबन्धनले ६ वटा प्रदेशमा वहुमत प्राप्त गरेकाले माओवादी केन्द्रले ३ प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने सांसद आङबोले बताए । त्यसमध्ये प्रदेश नं १ वाट इन्द्र आङबोले मुख्यमन्त्री आपूmले पाउनुपर्ने बताए । एमाले र माओवादी केन्दबीचको सहमतिमा बनेको वामगठबन्धनले जित हासिल गरेकाले सिटसंख्याभन्दा पनि प्रदेश सरकार संचालनको बाँडफाँट हुनुपर्ने आङबोको भनाइ छ ।

प्रदेश नं १ मा माओवादी केन्द्रले १० स्थानमा जित हासिल गरेको छ । पाँचथरमा लोकतान्त्रिक गठबन्धनको तर्पmबाट उम्मेदवार कांग्रेसका सुरेन्द्रकुमार दाहाललाई ४ हजार ७ सय ९१ मतको फराकिलो अन्तरले पराजित गरी सांसद बनेका इन्द्रबहादुर आङबो माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुन् । पहिलोपटक निर्वाचित इन्द्र आङवो (मौसम) ले १६ हजार ९ सय ८ मत प्राप्त गरि जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्र दाहालले १२ हजार १ सय १७ मत प्राप्त गरेका थिए ।

वाम गठबन्धनले प्रदेश नं १ मा प्रत्यक्षतर्फ ५६ सिटमध्ये एमालेले ३६, माओवादी केन्द्रले १० गरी ४७ सिट छ । कांग्रेसले ८ स्थान, संघीय समाजवादी फोरमले १ र स्वतन्त्रले एक स्थानमा जित हासिल गरेका छन् । समानुपातिक प्रणालीको ३७ सिट विभाजन भइसकेको छैन । यो प्रदेशमा वामगठबन्धनकोे ८० प्रतिशत र २० प्रतिशतमा कांग्रेसलगायत अन्य छन् ।

प्रदेश नं १ को मुख्यमन्त्री हुने प्रचार गर्दै निर्बाचनमा होमिएका वामगठबन्धनकै नेताहरूलाई चुनौती दिँदै इन्द्रबहादुर आङबोले आपूm पनि मुख्यमन्त्री हुन योग्य भएको बताए । विद्यार्थी संगठनदेखि माओवादी जनमुक्ति सेनाका ब्रिगेड कमान्डर हुँदै पार्टी केन्द्रीय सचिवालय सदस्य रहेका आङबोले माओवादी केन्द्रको तर्फबाट प्रदेश सरकारको नेतृत्व गर्न पार्टीलेनै जिम्मेवारी दिइसकेको समेत बताए ।

प्रवीणता प्रमाण पत्र तहसम्म अध्ययन गरेका आङबो माक्र्सवादी शिक्षाबाट प्रभावित भएर कम्युनिस्ट राजनीतिमा लागेका हुन् ।

प्रतिक्रिया