विकास–निर्माण नै मेरो प्राथमिकता: लिङ्देन

कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । समानुपातिक सूचीमा नाम राख्दा असन्तुष्ट बन्दै प्रत्यक्ष चुनाव लड्न होमिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले हारको नजिता खेप्नुप¥यो । लिङ्देनसँग उनी १३ हजार ४ सय ४३ को भारी मतान्तरले पराजित भए । लिङ्देनले ४४ हजार ६ सय १४ तथा सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरे । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनसँग केपी अधिकारीले गरेको कुराकानी ।

झापा क्षेत्र नम्बर ३ मा तेस्रोपटक प्रतिस्पर्धा गर्दा जित हात पार्नुभयो, कसरी लिनुभएको छ ?
खासगरी ०५६ को संसदीय निर्वाचन, ०७० को संविधानसभा निर्वाचन र अहिलेको निर्वाचनमा सहभागी भएको मैले यसपटक विजय हासिल गरेको छु । यसलाई मैले एउटा अवसरसँगसँगै चुनौतीको रूपमा लिएको छु । जनताका अपेक्षा पनि धेरै छन् । क्षेत्रगत हिसाबले यस क्षेत्रका समस्या पनि उत्तिकै छन् ।

म निर्वाचित भएको क्षेत्र अविकसित र पछौटे क्षेत्रको एउटा उदाहरण हो । कचनकवल गाउँपालिकाको मात्रै कुरा गर्ने हो भने, त्यहाँ १२ हजार घरधुरी छन् । तर, त्यहाँका ६ हजार घरधुरीमा अभैm शौचालय छैन । नेपालको पुरानो भद्रपुर नगरपालिका यहीँ छ । बाटो, बिजुली, पुल, कल्भट, ढलको समस्या तपाईंहरूलाई के भनौँ, देखिरहनुभएको छ ।

अहिले पनि दक्षिणका कैयौँ मानिसहरूले कालोपत्रे सडक कस्तो हुन्छ भनेर हेर्नका लागि विर्तामोड आउनुपर्ने अवस्था छ । मेची, अन्धुवा, देउनिया, भुतेनी, घाग्रा र विरिङ खोलाको कटान र डुबानको समस्या झन भनिनसक्नु छ । जलथलमा रहेको ठुलो जंगलबाट गाउँ पस्ने हात्ती र अन्य जनावरको उपद्रोलाई पनि हामीले एकसाथ सम्बोधन गर्नुपर्नेछ ।

झापामा चाहिँ तीन पटक तपाईंको प्रतिस्पर्धा कृष्ण सिटौलासँग नै भयो, सिटौलासँग केही राजनीतिक शत्रुता भएर हो, तपाईंले उहाँलाई पटक–पटक चुनौती दिएको ?
व्यक्तिगत शत्रुताभन्दा पनि हाम्रो निर्वाचन क्षेत्र एउटै प¥यो । अब यो कुरा मान्नु प¥यो । अब उहाँले शत्रुतापूर्ण व्यवहार कतिपय सन्दर्भमा गर्नुभएको छ । म त्यसतर्पm जान्न । सजिलो गरी बुभ्mदा निर्वाचन क्षेत्र एउटै प¥यो ।

पाँच वर्षका लागि सांसद निर्वाचित हुनुभयो, अब के गर्नुहुन्छ ?
मेची राजमार्गअन्तर्गत चारआली केचना सडक, हुलाकी राजमार्गअन्तर्गतको भद्रपुर राजगढ सडकलगायत जुन–जुन योजना चलिरहेका छन्, त्यो एकदमै सुस्त गतिमा भइरहेको छ ।

तिनीहरूलाई तीव्रता प्रदान गर्ने र निर्धारित समयमै सम्पन्न गर्न लगाउने काम गर्नु छ । मेची पुलको निर्माणकार्य सम्पन्न भएर पनि सञ्चालनमा आएको छैन । त्यसलाई सञ्चालनमा ल्याउनुपर्ने कुरालाई मैले उच्च प्राथमिकतामा राखेको छु । दीर्घकालीन योजना बनाएर मेची र विरिङ नदीको कटान र डुबानको समस्या समाधान गर्ने तथा जनताको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रमा औद्योगिक क्षेत्रमा गर्नुपर्ने थुपै्र कामहरू छन् ।

पर्यटन प्रवद्र्धनका लागि तपाईंसँग के–कस्ता योजना छन् ?
हामीले पर्यटकीय क्षेत्र विकासका लागि महत्वपूर्ण योजना बनाएका छौँ । यो ठाउँमा ऐतिहासिकस्थल कचनकवल, किचकबद, कमलधापसहितका स्थानलाई उच्च प्राथमिकतामा राखेर हामी काम गर्छौं । कचनकवल हरेक वर्ष मेची नदी पसेर डुबानमा पर्ने गरेको छ । अहिले यो वर्ष नै तीव्र रूपमा काम गरेर त्यो डुबानलाई रोक्ने, र कचनकबलवरिपरि रिङरोडको जुन अवधारणा बनेको छ, त्यसलाई हामीले कार्यान्वयनमा ल्याउने सोच बनाएका छौँ ।

पार्टी अध्यक्ष कमल थापा पनि पराजित बन्नुभयो, कसरी लिनुभएको छ यसलाई ?
श्रद्धेय पार्टी अध्यक्ष कमल थापाप्रति आभार व्यक्त गर्न चहन्छु । उहाँले आप्mनो व्यक्तिगत जितहारलाई पनि पर्वाह नगरी झापा क्षेत्र नम्बर ३ मा मेरो विजयलाई सुनिश्चित गर्न एमालेसँग कुरा गरेर गठबन्धन तयार गरिदिनुभयो । साथै, एमाले अध्यक्ष केपी ओली, जसले गठबन्धनलाई इमान्दारीपूर्वक अघि बढाएर मलाई विजयी गराउनुभयो ।

प्रतिक्रिया