खोजखबर

सूर्यविनायकमा सडक र पुल बन्दै

सौर्य अनलाइन २०७४ मंसिर २८ गते १७:४० मा प्रकाशित

भक्तपुर, २८ मंसिर । नवनिर्वाचित सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित पीप डाँडाबाट गुण्डु बसपार्क जाने सडकको विहिबार शिलान्यास गरेका छन् ।

भौतिक योजना तथा यातायात मन्त्रालयबाट प्राप्त रु पाँच करोडमा लागतमा आगामी चैतभित्र कालोपत्रे गरिसक्ने गरी सडकको काम शुरु भएको सूर्यविनायक नगरपालिका-७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

सांसद बस्नेतले विहिबारै सूर्यविनायक नगरपालिका दधिकोटबाट गुण्डु मगर गाउँ जोड्ने पुलको पनि शिलान्यास गरेका छन् ।

१५ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको उक्त पुल स्थानीय विकास कोषको रु एक करोड १४ लाखको लागतमा बन्नेछ ।

सडक र पुलको शिलान्यासपछि सांसद बस्नेतले अबको दुई वर्ष भौतिक पूर्वाधार निर्माणको शिलान्यास वर्ष हुने र तेस्रो वर्षमा सबै योजना सम्पन्न गर्ने गरी काम अगाडि बढाइने बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय